एनआरएनए महासचिव गौरीराज जोशीद्धारा पुनः महासचिव पदमै उम्मेदवारी दर्ता

news-details

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि महासचिव पदमा गौरीराज जोशीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

वर्तमान कार्यसमितिमा महासचिवकै जिम्मेवारीमा रहेका जोशीले पुनः दोश्रो कार्यकालका लागि सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन ।

संघको सचिवालयमा रहेको निर्वाचन समितिमा पुगेर समितिका संयोजक यादव ढुंगानालाई जोशीले उम्मेदवारीको मनोनयन पत्र बुझाएका हुन ।

सन् २००५ देखि गैरआवासीय नेपाली अभियानमा जोडिएका जोशीले आफूले पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताउँदै एनआरएन अभियानलाई अझ सुदृढ, संगठित तथा शशक्त बनाउन पुनः महासचिवमै रहेर काम गर्ने इच्छा रहेकाले सोही पदमा उम्मेदवारी दर्ता गराएको बताए ।

‘एनआरएन अभियानमा जोडिएदेखिनै संस्थाले दिएको जिम्मेवारी निर्वाहमा मैले गरेका प्रयत्न यहाँहरु सबैले प्रष्ट देखिरहनुभएको छ’ जोशीले भने –‘संस्थाप्रति केहि गरौ भन्ने हुटहुटीलाई अझ शशक्तरुपमा अघि बढाउन र एनआरएनएलाई विश्वभर रहेका सबै नेपालीको साझा र दीगो संस्था बनाउने संकल्प पुरा गर्न पुनः महासचिवमै दोहोरिने निर्णय गरेको छु, विगतमा जस्तै यहाँहरु सबैको साथ, सहयोग र समर्थन पाउनेमा आशावादी छु’ ।

एनआरएनए अभियानमा चर्चित जोशीले आगामी कार्यकालमा थप ५० भन्दा बढि देशमा एनआरएनएको सञ्जाल बिस्तार गर्ने र प्रविधीमैत्री एनआरएनए बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसकेका छन् । उनी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य हुन्।

यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक, आइसीसी सचिव हुदै हाल महासचिवको जिम्मेवारीमा छन ।

एनआरएनएलाई कर्पोरेटरुपमा लैजाने छु : गौरीराज जोशी, महासचिव पदका उम्मेदवार

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *