एनआरएनए युवा संयोजकमा रविन अधिकारीको उम्मेदवारी दर्ता

news-details

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि युवा संयोजकमा पोर्चुगलका रबिन अधिकारीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

संघको सचिवालयमा रहेको निर्वाचन समितिमा पुगेर समितिका संयोजक यादव ढुंगाना तथा सदस्य टिबी कार्कीलाई अधिकारीले उम्मेदवारीको मनोनयन बुझाएका हुन ।

उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिदै अधिकारीले संघमा आफ्नो लामो अनुभव, प्रतिवद्धता, क्रियाशीलताका कारण अझै पनि थप योगदान गरौं भन्ने भावनाले आगामी कार्यकालको लागि युवा संयोजक पदमा उम्मेदवारी दर्ता गराएको बताए ।

‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत सहभागिता’ भन्ने मुल नाराका साथ केहि समय अघि नै युवा संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका अधिकारी विगत १४ बर्षदेखि एनआरएनए अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएका छन् ।

अधिकारीले गैरआवासीय नेपाली संघ बेल्जियमको सदस्य, पोर्चुगलको युवा संयोजक, आइसिसी सदस्य हुँदै केही महिना अघिसम्म गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अध्यक्षको रूपमा रही आफ्नो गहन जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।

एनआरएनए आइसीसी युवा संयोजकमा पोर्चुगलबाट रविन अधिकारीको उम्मेदवारी घोषणा

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *