एनआरएनए युवा उपाध्यक्षमा अब्दुल वाशिदको उम्मेदवारी दर्ता

news-details

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि कतारबाट अब्दुल वाशिदले युवा उपाध्यक्षमा उम्मेदवारीको मनोनयन दर्ता गरेका छन ।

संघको सचिवालयमा रहेको निर्वाचन समितिमा वाशिदले मनोनयन दर्ता गराएका हुन । समितिका संयोजकलाई मनोनयन पत्र बुझाएका वाशिदले उम्मेदवारी दर्तासँगै चुनावी अभियानलाई तिब्रता दिएका छन ।

वर्तमान कार्यसमितिमा आईसीसी युवा संयोजकको भूमिका कुशलतापूर्वक निर्वाह गरेका वाशिद संसारभर रहेका गैरआवासीय नेपाली माझ लोकप्रिय छन ।

युवाहरुलाई उद्यमशिल बन्न प्रेरित गर्दै आएका वाशिदले कतारबाट सुरु गरेको बेलाको ब्राण्ड युके हुदै स्वदेशमा समेत विस्तार गरिसकेका छन ।

उम्मेदवारी मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिदै वाशिदले एनआरएनएको युवा उपाध्यक्षमा निर्वाचित भएको खण्डमा स्वदेशमै युवाहरुलाई रोजगारी सिर्जना गर्न निरन्तर खटेर काम गर्ने प्रतिबद्धता दोहो¥याएका छन् ।

‘कर्मथलो विदेश भए पनि मातृभूमि नेपालमा लगानी गरेर धेरै भन्दा धेरै नेपालीहरुलाई रोजगारी दिने विश्वास दिलाउँन चाहन्छु । विदेशमा व्यवसाय गरिरहेका साथीहरुलाई स्वदेशमा लगानी गर्न पनि म अपिल गर्न चाहन्छु’, उनले भने ।

उनले बिगतमा आफूले एनआरएनए कतार र एनआरएनए आईसीसी लगायत विभिन्न संघसंस्थामा रहेर बटुलेको अनुभबलाई आगामी कार्यकालमा अझ उपयोग गर्न चाहेको पनि बताए । ‘युवा पुस्ताका मुद्धाहरु स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीहरुलाई एनआरएनएमा आकर्षित गर्न र विदेशमा बस्ने श्रमिकहरुका आवाजलाई शसक्त रुपमा उठाउँन समर्पित हुनेछु’, उनले भने ।

युवाको वृहत सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउँने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता आफ्नो मूल मुद्दाहरु भएको उनले बताए ।
आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर संगठन र देशका लागि केही गर्ने इच्छा अनुसार एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेको उनले बताए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *