गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार(आरके) शर्माले आफुलाई सबै दल तथा एनआरएनएहरुको समर्थन रहेको बताएका छन् । शर्माले आफ्नो टिम सार्वजनिक गर्दै सरकार प्रमुखदेखि सबै राजनैतिक दलले आफ्ना एजेण्डालाई साथ दिएको बताएका हुन् ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्मालाई प्रधानमन्त्री प्रचण्डको समर्थन रहेको भन्ने आरोप उक्त जवाफ दिएका हुन् । उनले विगतदेखि नै सरकारसँग नजिक रहेर काम गरेको हुँदा पुर्वप्रधानमन्त्रीहरुदेखि सबै दलसँग नजिकको सम्बन्ध रहेको बताएका हुन् ।
शर्माले आफ्नो बाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएहरुलाई समेट्ने योजना रहेको बताएका छन् । उनले आफ्नो चुनावी बाचापत्रलाई निर्वाचित भएको खण्डमा इमान्दार भएर पुरा गर्न लागि पर्ने समेत प्रतिवद्धता जनाए ।

एनआरएनए अध्यक्षका उम्मेदवार शर्मा भन्छन्–‘मेरा एजेण्डामा सबै दलको समर्थन छ’

शर्माले आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताएका छन । कतिपयले क्षेत्रीय एजेन्डा बोकेर हिँडेको आरोप लगाएको प्रति संकेत गर्दै शर्माले आफूसँग विश्वभरकै एनआरएनएलाई एकताबद्ध बनाउने र संस्थालाई गति दिने एजेन्डा रहेको बताएका हुन् ।

एनआरएनए अध्यक्षका उम्मेदवार शर्मा भन्छन्–‘मेरा एजेण्डामा सबै दलको समर्थन छ’

‘मेरो बाचापत्र हेर्नुभयो भने संसारभरका नेपालीलाई समेटेर जाने योजना समेटिएको छ । मध्यपूर्वले एनआरएनएको २० वर्षे अभियानमा हालसम्म नेतृत्व नपाएकाले हामीलाई सबै अभियन्ताहरूले साथ दिनुपर्छ भन्नेमात्रै हो’, उनले भने, ‘सबै अग्रज, अभियन्ता तथा सहकर्मीसाथीहरु सकारात्मक पनि हुनुहुन्छ ।’

उनले आफूलाई अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका देशबाट सकारात्मक प्रतिक्रियाहरु आइसकेको भन्दै पुरै टीमले नै चुनाव जित्ने विश्वास व्यक्त गरे ।

२४ महिनामा २४ वाचासहित आफू चुनावी मैदानमा खडा भएको उल्लेख गर्दै शर्माले आफ्नो पहिलो प्राथमिकता एनआरएनएहरुबीचको एकता भएको पनि बताए । त्यसका लागि आफूले इमान्दार पहल गरेर सबै अभियानबाट बाहिर रहेका एनआरएनएहरुलाई पनि एउटै मालामा उन्न पहल गर्ने उनको भनाइ थियो ।

‘केही समययता, गैरआवासीय नेपाली संघमा एकता छैन । त्यसले हाम्रो लक्षित उद्देश्य हासिल गर्नमा बाधा पु¥याएको छ’, शर्माले भने, ‘यसलाई जसरी पनि एकजुट गराउनु पर्ने दायित्व हाम्रो काँधमा आएको छ । मैले निरन्तररुपमा प्रयास गरिरहेको छु, एकजुट गराएरै छाड्ने प्रण पनि गरेको छु ।’

एनआरएनए अध्यक्षका उम्मेदवार शर्मा भन्छन्–‘मेरा एजेण्डामा सबै दलको समर्थन छ’

एनआरएनएका उपाध्यक्ष डिबी क्षेत्रीले सबैको अपनत्व गराउन श्रमिकको मुद्दालाई स्थापित गर्न र सबैको अपनत्वको बढाउन आर शर्माकोे नेतृत्व आवश्यक भएको बताए । उनले मध्यपुर्व भोट बैक मात्र नभएर एनआरएनएको नेतृत्व हाक्न सक्ने भएको प्रमाणित गर्नुपर्ने औल्याए ।

शर्मालाई समर्थन गर्दै उपाध्यक्षका उम्मेदवार बनेका वर्तमान आइसीसी सचिव मलेसिया खगेन्द्र न्यौपानले शर्माले पेश गरेको २४ महिना २४ बाचा नै आफ्नो एजेण्डा रहेको र शर्मा सहित आफू उपाध्यक्षमा निर्वाचित भएमा त्यसलाई कार्यान्वयन गर्ने बताए ।

वर्तमान उपाध्यक्ष जापानका रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द)ले काम गर्ने व्यक्ति र एजेण्डालाई स्थापित गराउनको लागि आरके शर्मालाई समर्थन गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

नेदरल्याण्डका शशी पौडेलले एनआरएनए सबै बिचारको संगम भएको भन्दै आरके शर्मा अध्यक्षमा निर्वाचित भएका मात्र त्यो पूरा हुने हुँदा आफू समर्थन गरेर उपाध्यक्षको उम्मेदवार भएको बताए ।

“राजनीति गर्ने संस्थाहरु अरु पनि धेरै छन्, म आफू बिचारले कांग्रेस निकट छु,”पौडेलले भने,“शर्माले सारेको एजेण्डाले सबै पक्षलाई बिचारलाई समेटेको छ।”

अष्ट्रेलिया अभिमानसिंह बस्नेतले आफूले अस्ट्रेलियामा सामाजिक कामका योजनासहित समुदायका काम गर्ने योजना अगाडि बढाएको त्यो एजेण्डा आरके शर्माले बोकेको हुँदा समर्थन गर्दै उपाध्यक्षको उम्मेदवार बनेको बताए । उनले १५ लाख डलरमा अस्ट्रेलियामा पशुपतिनाथ र बौद्धस्तुपा बनाउनको लागि अगाडि सारेको जानकारी दिए ।

उपाध्यक्षका अर्का उम्मेदवार राज रेग्मीले शर्माको उम्मेदवारीलाई समर्थन जनाएर उपस्थिति जनाए थिए ।

कतारका अब्दुल बासिदले युवाको प्रतिनिधित्व बढाउने योजना आरके शर्माको रहेको हुँदा देशभित्र आफू शर्मालाई समर्थन गरेर युवा उपाध्यक्षको उम्मेदवार बनेको बताए ।

एनआरएनए अध्यक्षका उम्मेदवार शर्मा भन्छन्–‘मेरा एजेण्डामा सबै दलको समर्थन छ’

कतारका प्रविण गुरुङले एनआरएनएलाई समावेशी तथा सम्बृद्ध बनाउने एजेण्डा सहित आरके शर्मा आएको हुँदा उनलाई समर्थन गर्दै उपमहासचिवमा उम्मेदवारी दिन लागेको बताए ।

सचिवका उम्मेदवार बेल्जियमका लोक दाहालले एनआरएनए संस्थामा पारदर्शीता र दोस्रो पुस्तालाई अभियानमा अगाडि बढाउने योजना आरके शर्माले २४ महिना २४ बाचा सहित योजना अगाडि सारेको हुँदा आफूले शर्मालाई समर्थन गरेर सचिवमा उम्मेदवारी दिएको बताए ।

सचिवका उम्मेदवार जापानका टंक गैरेले सानो लगानीमा नेपालमा सानो लगानीमा धेरै योजना बढाउने योजना आरके शर्माले ल्याएको हुँदा आफूले उनलाई समर्थन गरेर सचिवमा उम्मेदवारी दिएको बताए ।

सचिवका उम्मेदवार युएईका मनोजकुमार श्रेष्ठ(गोर्खालीले)ले सहमति गैरआवासीय अभियानमा एकताको एजेण्डा आरके शर्माले सारेको हुँदा उनलाई समर्थन गरेर सचिवको उम्मेदवार बनेको बताए ।

सचिवका उम्मेदवार अमेरिकाका आरसी पोखरेलले एनआरएनए सचिवालयको पुनरसंरचनालाई परिवर्तन गर्ने एजेण्डा आरके शर्माले ल्याएको हुँदा शर्मालाई समर्थन गरेर सचिवमा उम्मेदवार बनेको बताए ।

कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुंगानाले एनआरएनएलाई पारदर्शीता र कोषको आकार बढाउने योजना अन्तर्गत आरके शर्मालाई समर्थन गरेर उम्मेदवारी दिन लागेको बताए ।

महिला संयोजकका उम्मेदवार क्यानडाकी देविका केसीले लोकसंस्कृति अगाडि बढाउन आरके शर्मालाई समर्थन गरेर उम्मेदवारी बनेको बताइन् ।

एनआरएनए अध्यक्षका उम्मेदवार शर्मा भन्छन्–‘मेरा एजेण्डामा सबै दलको समर्थन छ’

शर्माको टिममा रहने उम्मेदवारहरुलाई समेत परिचय गराइएको छ । जसअनुसार उपाध्यक्ष पदमा खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ गोविन्द, राजु रेग्मी राज, विजय मोक्तान, अभिमानसिंह बस्नेत, शशीकान्त पौडेल उम्मेदवार रहेका छन् । यस्तै युवा उपाध्यक्षमा अब्दुल बासिद उम्मेदवार भएका छन् ।

यस्तै उपमहासचिव प्रविण गुरुङ, सचिव लोक दाहाल, मनोज कुमार श्रेष्ठ, आरसि पोखरेल, टंक गैरेले उमेद्वार घोषणा गरेका छन् । यस्तै कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना रहेका छन् भने महिला संयोजक देवकी केसीले उम्मेदवार रहेका छन् । संघमा ९६ हजार सदस्य छन् भने ४२ सयले मतदानमा सहभागी हुनेछन् ।यसैबीच अध्यक्षका उम्मेदवार शर्माले शुक्रबार नै आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले संघको कार्यालय बालुवाटार पुगेर आफ्नो उम्मेदवार दर्ता गराएका हुन् ।