एनआरएनए उपाध्यक्षमा राज रेग्मीले गरे उम्मेदवारी मनोनयन दर्ता

news-details

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा राज रेग्मीले उम्मेदवारी दर्ता गराएका छन ।

संघको सचिवालयमा रहेको निर्वाचन समितिमा समितिका संयोजकलाई भेटेर रेग्मीले मनोनयन पत्र बुझाएका हुन ।

केहि समयअघि आफ्ना ८ संकल्पसहित उम्मेदवारी घोषणा गरेका रेग्मीले मनोनयन दर्ता गरेसँगै चुनावी अभियानलाई तिब्रता दिएका छन ।

वर्तमान कार्यसमितिमा युवा उपाध्यक्षको भूमिका कुशलतापूर्वक निभाएका रेग्मी संसारभर रहेका गैरआवासीय नेपाली माझ लोकप्रिय छन ।

कतारमा कर्मथलो बनाएका रेग्मी एनआरएनएमाझ परिचित मात्र छैनन्, एनआरएनएमा परिणाममुखी काम गर्ने व्यक्तिका रुपमा पनि आफुलाई स्थापित गराएका छन् । उनले आफू विजयी भएको दिनदेखि नै चुनावको बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न लागि पर्ने बताएका छन् ।

राज रेग्मीका ८ संकल्प : परिणाममुखी नतिजा निकाल्ने प्रतिवद्धता

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *