राज रेग्मीका ८ संकल्प : परिणाममुखी नतिजा निकाल्ने प्रतिवद्धता

news-details

गैरआवासीय नेपाली संघको आगामी महाधिबेशनका लागि आइसीसी उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका वर्तमान युवा उपाध्यक्ष राजु रेग्मी राजले ८ संकल्प ल्याएका छन् ।

एनआरएनए अभियानमा सक्रिय रेग्मीले आफ्नो उम्मेदवारीसँगै आफ्ना संकल्प तथा उद्घोष सार्वजनिक गरेका हुन् ।

कतारमा कर्मथलो बनाएका रेग्मी एनआरएनएमाझ परिचित मात्र छैनन्, एनआरएनएमा परिणाममुखी काम गर्ने व्यक्तिका रुपमा पनि आफुलाई स्थापित गराएका छन् । उनले आफू विजयी भएको दिनदेखि नै चुनावको बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न लागि पर्ने बताएका छन् ।

‘मेरा प्रतिवद्धताहरुलाई घोषणा पत्रमा मात्रै सीमित नराखेर यहाँहरुले दिएको अख्तियारीको फैसलाको दिनबाटनै कार्य सुभारम्भ गर्ने प्रण गर्दछु’, आफूलाई निर्वाचित गराउन अपिल गर्दै रेग्मीले आफ्ना संकल्प आम डेलिगेट्सलाई सार्वजनिक गरेका छन् ।

सबैको साथ र सहयोगको पूर्ण विश्वासका साथ आगामी अक्टोवर १७ देखि २० तारिख सम्म काठमाडौँमा सम्पन्न हुन गइरहेको ११ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको रेग्मीले जनाएका छन् । ‘हाम्रो यो पबित्र अभियान एवं हाम्रो मातृभूमिको हितको लागि मैले बनाएर हिडेंका कार्ययोजना र प्रतिवद्धतालाई सफल र परिणाममुखी बनाऊन यहाँहरु सवैको साथ र सहयोगको लागि हार्दिक अपील गर्दछु’, रेग्मीले भनेका छन् ।

रेग्मीका ८ संकल्प :

१, सम्बृद्ध नेपालका लागि लगानी तथा पर्यटन प्रवद्र्धन

२,व्यवस्थित, मर्यादित र सुरक्षित वैदेशिक रोजगार

३,हाम्रो,राम्रो र प्रविधिमैत्री एनआरएनए

४,महिला,युवा र नयाँ पुस्ताको सशक्तिकरणःएनआरएनएमा रुपान्तरण

५,सम्बृद्ध नेपालका आधारः नागरिकता र मताधिकार

६,प्राविधिक शिक्षा तथा युवा स्वरोजगार

७, एनआरएनएको वैज्ञानिक परिभाषा एवं पारदर्शिता

८, नेपाली कला संस्कृतिको प्रवद्र्धन तथा जगेर्ना

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *