गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्थापनाको २० औं वर्ष पुरा गरेको अवसरमा आज पशुपतिनाथ र स्वयम्भूनाथमा पुजाआजा तथा आरती गरेर मनाएको छ ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने तथा वर्तमान अध्यक्षहरु कुल आचार्य, रबिना थापा र डा. बद्री केसीका साथै संघका पदाधिकारीहरुको विशेष उपस्थितिमा आज बिहानै पशुपतिनाथ र स्वयम्भूनाथमा गई संघले पुजाआजा गरेको हो ।

पशुपतिनाथ र स्वयम्भूमा पुजाआजा गरेर मनायो एनआरएनएले २० औं ‘एनआरएनए डे’

सो अवसरमा संघका संस्थापक अध्यक्ष महतोले गैरआवासीय नेपाली संघ अभियान भएकाले संस्थामा मात्र सिमित नगर्न सबैलाई आग्रह गरे । उनले भने –‘हामी पशुपतिनाथको प्रांगणमा बसेर संकल्प गरांै । हामी निस्वार्थ रुपमा देशलाई कसरी समृद्ध बनाउने, विश्वमा कसरी शान्ति फैलाउने, नेपालको महिमा विश्वभर कसरी फैलाउने भन्ने अभियानमा सबै गैरआवासीय नेपालीहरु लाग्नुपर्छ ।’

संघले संस्थामा आवद्ध १ लाख ८० हजार सदस्यको मात्र नभई विश्वभर छरिएर रहेका ६० लाख गैरआवासीय नेपालीसहित ३ करोड नेपालीहरुको प्रतिनिधित्व गरेर काम गर्नुपर्ने महतोले जनाए । साथै उनले विदेशमा कमाएको सीप, ज्ञान र पूँजीलाई स्वदेशमा लगानी गर्दै जान समेत सबैलाई आग्रह गरे ।

पशुपतिनाथ र स्वयम्भूमा पुजाआजा गरेर मनायो एनआरएनएले २० औं ‘एनआरएनए डे’

संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले संस्था २० औं वर्षमा प्रवेश गर्दैगर्दा संस्थाभित्र भएका विकृति विसंगतीको अन्त्य गर्नुपर्ने चुनौती यथावत रहेको बताए । उनले सम्पुर्ण देश विदेशमा छरिएर रहेका नेपालीहरुको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतीको कामना गर्दै विशेष पुजाआजा गर्न पशुपतिनाथ तथा स्वयम्भूनाथमा आएको जानकारी दिए ।

संघलाई एकताको सन्देश दिदै आगामी ११ औं महाधिवेशनले सही नेतृत्व चयन गरोस् र सम्पुर्ण एनआरएनएहरुलाई सुदवुद्धि दियोस् भन्नका लागि हरेक वर्ष पुजाआजा गर्ने गरेको उनले बताए ।

पशुपतिनाथ र स्वयम्भूमा पुजाआजा गरेर मनायो एनआरएनएले २० औं ‘एनआरएनए डे’

कार्यक्रममा आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी डा. बद्री केसी, आरके शर्मा, महेश श्रेष्ठ र रबिना थापासहित एनआरएनए पदाधिकारीहरु तथा विभिन्न मुलुकबाट ११ औ विश्वसम्मेलनमा भाग लिन नेपाल आइपुगेका एनआरएन अभियान्ताहरुको उपस्थित रहेको थियो ।