एसिया भ्रमणमा जापानका शेरचन, कतारका गुरुङ र यूएईका गोर्खाली

news-details

गैरआवासीय नेपाली संघको आगामी नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरु यतिबेला आफ्नो पक्षमा समर्थन बटुल्न दौडाहामा निस्केका छन् । कोही उम्मेदवार आफ्नो भ्रमण सकेर स्वदेश फर्किसकेका छन् भने कोही भ्रमणका क्रममा नै छन् ।

एनआरएनएको महाधिबेशनको मिति नजिकिदै जाँदा जापानका रविन शेरचन, कतारका प्रविन गुरुङ र यूएईका मनोज गोर्खाली एसियाका देशहरुको भ्रमणमा निस्केका छन् । एनआरएनएको आगामी कार्यकालका लागि शेरचनले आइसीसी उपाध्यक्ष, गुरुङले आइसीसी उपमहासचिव र गोर्खालीले आइसीसी सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

जापानबाट कतार पुगेका शेरचनसँगै गुरुङ र गोर्खाली अहिले मलेसिया पुगेका छन् । नेपाली श्रमिकको प्रमुख गन्तब्य मुलुक मलेसियामा रहेका नेपालीहरुको अवस्थाको अध्ययनका साथै एनआरएनएका डेलिगेट्ससँगको छलफल गरेका छन् ।

मलेसियाबाट हङकङ हुँदै थाइल्याण्डसम्म पुगेर स्वदेश फर्कने उनीहरुको कार्यक्रम रहेको छ । त्यहाँ रहँदा एनआरएनएका पदाधिकारी तथा अन्य नेपालीहरुसँग भेटघाट गरी त्यहाँबाट समर्थन बटुल्ने र आफ्ना प्रतिवद्धता सुनाउने उनीहरुको भनाई छ ।

जापानमा सफल व्यवसायीको पहिचान बनाएका शेरचन एनआरएनएमा गफ होइन काम गरेर देखाउन आफु उपाध्यक्षमा आएको बताउँछन् । एनआरएनए अभियानमा लोकप्रिय बनिरहेका शेरचन सबैका रोजाईमा परिरहेका छन् ।

कतारमा कर्मथलो बनाएका गुरुङ एनआरएनएको बर्तमान सचिव हुन् । व्यवसायिकरुपमा सफलता चुमेका गुरुङ आगामी कार्यकालका लागि समर्थन बटुल्न पहिलादेखि नै सक्रिय भएर लागि रहेका छन् ।

यूएईमा कर्मथलो बनाएका गोर्खाली वर्तमान कार्यसमितिको मध्यपुर्व संयोजक रहेका छन् । एनआरएनए अभियानमा सक्रिय गोर्खाली सबैमा चिरपरिचित छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *