एनआरएनए निर्वाचन : ४० देशको समर्थन बोकेर काठमाडौं आइपुगे आरके शर्मा, विमानस्थलमा भव्य स्वागत

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्मा काठमाडौं आइपुगेका छन् । एनआरएनएको विश्व सम्मेलन र नयाँ नेतृत्व चयनमा भाग लिन शर्मा कतारबाट सोमबार काठमाडौं आइपुगेका हुन् ।

शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए अभियन्ता तथा समर्थकहरुले भव्य स्वागत गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैं शर्माले आफू ४० देशको पुगेर गैरआवासीय नेपालीहरूसँग भेटेको र विश्वभरमा बस्ने सबै गैरआवासीय नेपालीको साथ सहयोग लिएर सम्मेलन सफल बनाउन आएको बताए ।

“तीन महिनामा करिब ४० देश पुगेर गैरआवासीय नेपालीहरूको सम्भावना र समस्याको बारेमा गहन जानकारी लिएर आइपुगेका छु,”शर्माले विमानस्थलमा भने,“सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीको चाहनामा म अध्यक्षको प्रत्याशी बनेको हो,सबैको साथ र सहयोग मिलेको छ।”

शर्माले गतसाता आफ्नो कर्मभूमि कतारबाट २४ महिनामा २४ काम गर्ने बाचा सहित आफ्नो अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । शर्माको उम्मेदवारीले विश्वमा बस्ने सबै क्षेत्रका नेपालीले समर्थन गरेका छन् ।

२४ महिनामा हुने घोषणापत्रमा एनआरएनएको एकता गर्ने,रेमिट्यान्सलाई उत्पादन मुलक क्षेत्रमा लगाउने,विदेशबाट फर्कनेलाई उद्यमी बनाउने,महिला तथा दोस्रो पुस्ताका एनआरएनलाई अभियानमा सहभागिता बढाउने लगायतका योजना समेटेका छन् । यस्तै खेलकुद सांस्कृतिक कार्यक्रमलाई बढावा दिने,नेपाली कृषि उद्यम निर्यात प्रवर्द्धनको कार्यक्रमलाई बढाउने तथा पर्यटन प्रवर्द्धन जलविद्युत् लगायतका क्षेत्रमा लगानी बढाउने योजना शर्माले अगाडि सारेका छन् ।

स्थापनाको २० वर्ष पुगेको एनआरएनए अभियानको सामाजिक कार्यक्रमलाई निरन्तरता दिएर आर्थिक मुद्दामा अभियानमा हिँडाउने बाचा शर्माले गरेका छन् ।

गैरआवासीय नेपाली संघको ११ औं विश्व सम्मेलन आगामी असोज ३० देखि काठमाडौंमा हुने छ । सम्मेलनले आगामी २ वर्षको कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । यो पटकको नेतृत्व चयनको मतदान काठमाडौंमा भौतिक रूपमा र मतदाता नेपालमा नआएमा अनलाइनबाट गर्न सकिने व्यवस्था छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *