स्वदेशमा लगानी गरिरहेका अब्दुल बासिद : एनआरएनए उपाध्यक्षमा उम्मेदवारी

news-details

स्वदेशमा लगानी गरेर धेरै भन्दा धेरै नेपालीहरुलाई रोजगारी दिईरहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा संयोजक अब्दुल बासिदले आगामी निर्वाचनका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

उनले आफू विदेशमा क्रियाशील भएपनि नेपालमा समेत लगानी बढाएर रोजगारीको सिर्जना गर्न प्रतिबद्ध रहेको बताएका छन् । वर्तमान युवा संयोजक रहेका उनले कार्यकालका लागि युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको जानकारी गराउँदै जिताउन पनि सबै एनआरएनएहरुलाई आग्रह गरेका छन् ।

‘म लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै आएको छु । हाल नेपाल, कतार र बेलायतमा व्यवसाय सञ्चालन गर्दै आएको छु । एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्समार्फत केही नेपालीहरुलाई रोजगारी प्रदान गर्दै आएको कुरा तपाईंहरुमाझ विदितै छ’, उनले भने ।

उनले एनआरएनएको युवा उपाध्यक्षमा निर्वाचित भएको खण्डमा स्वदेशमै युवाहरुलाई रोजगारी सिर्जना गर्न निरन्तर खटेर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । ‘कर्मथलो विदेश भए पनि मातृभूमि नेपालमा लगानी गरेर धेरै भन्दा धेरै नेपालीहरुलाई रोजगारी दिने विश्वास दिलाउँन चाहन्छु । विदेशमा व्यवसाय गरिरहेका साथीहरुलाई स्वदेशमा लगानी गर्न पनि म अपिल गर्न चाहन्छु’, उनले भने ।

उनले बिगतमा आफूले एनआरएनए कतार र एनआरएनए आईसीसी लगायत विभिन्न संघसंस्थामा रहेर बटुलेको अनुभबलाई आगामी कार्यकालमा अझ उपयोग गर्न चाहेको पनि बताए । ‘युवा पुस्ताका मुद्धाहरु स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीहरुलाई एनआरएनएमा आकर्षित गर्न र विदेशमा बस्ने श्रमिकहरुका आवाजलाई शसक्त रुपमा उठाउँन समर्पित हुनेछु’, उनले भने ।

युवाको वृहत सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउँने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता आफ्नो मूल मुद्दाहरु भएको उनले बताए ।

आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर संगठन र देशका लागि केही गर्ने इच्छा अनुसार एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी निर्णय गरेको उनले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *