गैरआवासीय नेपाली संघको (एनआरएनए) आगामी कार्यकालका लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारीले पुनः आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिका आइसीसी उपाध्यक्ष पदमा नै रहेका अधिकारीले आगामी कार्यकालमा निर्वाचित उपाध्यक्ष भएर काम गर्नका लागि पुनः सोही पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

विश्वभर रहनु भएका नेपालीमनहरुलाई एउटै शुत्रमा बाध्ने तथा सम्बृद्ध नेपालको सपनालाई साकार पार्ने उद्देश्यका साथ एनआरएनए स्थापना भएको २० बर्ष पुगेको उपलक्ष्यमा उनले शुभकामना व्यक्त गरेका छन् ।

उनले भनेका छन्–‘एनआरएनए अभियानले यस अबधीमा थुप्रै उपलब्धीहरू प्राप्त गरेको छ। र, यसले अझै धेरै कामहरू गर्न बॉंकी रहेको छ, त्यसैले संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, शुभचिन्तक मित्रहरू र अग्रजहरुको सल्लाहमा मैले सन् २०२३–२५ कार्यकालका लागि पुन उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

एनआरएनए उपाध्यक्षमा पुनः अष्ट्रेलियाबाट धर्मराज अधिकारीको उम्मेदवारी घोषणा

एनआरएनए अभियानमा लाग्दै गर्दा आफ्नो जिम्मेवारी सफलताका साथ निभाइ रहेको हुँदा आफ्ना केही अधुरा कार्यहरुलाई थप स्थापित गर्न आइसीसी उपाध्यक्ष पदमा नै उम्मेदवारी घोषणा गरेको अधिकारीको भनाई छ ।

अधिकारीले एनआरएनए अभियानमा लाग्दा विश्वमा रहेका नेपालीहरुका अवस्थालाई स्थलगतरुपमा नजिकबाट बुझ्ने मौका पाएको हुँदा मध्यपुर्व, मलेसिया मात्र होइन युरोप र अमेरिकामा रहेका नेपालीहरुको मनमनमा पुगेको जनाएका छन् ।

उनले भनेका छन् –‘विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई पुनः आइसीसी उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसात् गर्दै उपाध्यक्ष पदमा उम्मेदबार दिने निर्णय गरेको हुँ ।’

एनआरएनए उपाध्यक्षमा पुनः अष्ट्रेलियाबाट धर्मराज अधिकारीको उम्मेदवारी घोषणा

अधिकारीले एनआरएनको यो अभियानलाई थप उचाईमा पुर्याउन म प्रतिबद्धता जनाउँदै बिजयी गराउनका लागि अनुरोध गरेका छन् ।

अष्ट्रेलिया, यूएई तथा नेपालमा व्यवसाय गरिरहेका अधिकारी सफल व्यवसायी हुन् ।