एनआरएनए सहकोषाध्यक्षमा कतारबाट मुक्तदाको ६ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा

news-details

गैरआवासीय नेपाली संघ(एनआरएनए)को सह–कोषाध्यक्ष पदमा कतारबाट मोहम्मद मुक्तदाले आफ्ना प्रतिबद्धताहरुसहित उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनएको आसन्न ११ औं महाधिवेशनमा हुने निर्वाचनका लागि सह कोषाध्यक्ष पदमा उमेदवारी दिएका मुक्तदाले आफ्ना ६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

आगामी अक्टोबर १७–२०सम्म काठमाडौमा हुन लागेको महाधिवेशनका लागि बिगत १४ बर्षदेखि एनआरएनए अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील मुक्तदाले सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै आफ्ना प्रतिबद्धता र हालसम्मका योगदान खुलाएका छन्।

मुक्तदाले विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सदस्य, सचिबालय सदस्य, सल्लाहकार हुँदै २ कार्यकाल अध्यक्षको गहन जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।

उनेले भनेका छन् -‘संघप्रतिको मेरो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र थप केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले आगामी महाधिवेशनबाट सन् २०२३–२५ कार्यकालको लागि मैले अन्तर्राष्ट्रिय समन्वय परिषदको सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। संघमा मैले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एंवम् गैरआवासीय नेपालीको लागि मैले खेल्ने भूमिकालाई मूल्यांकन गरी मलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनु हुने सम्पूर्ण अग्रज अभियान्ता महानुभाव, सहकर्मी साथीहरु, विश्वभरिका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा सदस्य र सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरुमा विनम्र आग्रह गर्दछु।’

प्रतिवद्धताहरु :
१, सबल र सफल एनआरएनएका लागि स्थायी रूपमा बलियो कोष निर्माणमा मेरो विशेष पहल र प्रयास रहनेछ ।

२, संघको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी रूपमा संचालन गर्न मेरो प्रयत्न रहनेछ ।

३, आइसिसी र एनसिसीको कोषको सबलीकरणका लागि आइसिसीका कोषाध्यक्ष र सह–कोषाध्यक्षको नेतृत्वमा सबै एनसिसीका कोषाध्यक्ष र सह–कोषाध्यक्ष रहेको एक संयन्त्र गठन गर्न प्रयत्न गर्नेछु ।

४,वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका श्रमिकहरुको कुनै कारणले निधन हुन गएमा उनीहरूको शव नेपाल पुर्याउने प्रबन्धको लागि अनिवार्य रूपमा नेपाल सरकारले जीवन बिमाको रकमबाट भुक्तानी मिलाउन पहलकदमी गर्नेछु। यसैगरी परिवारले पाउनुपर्ने क्षतिपूर्तिलाई पनि सुनिश्चित गर्न पहल गर्नेछु ।

५, विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्तालाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि एउटा छुट्टै कोषको अवधारणा बनाइ सोही प्रयोजनका लागि मात्र खर्च गर्ने प्रवन्ध गर्न मेरो पहल रहनेछ।

६, “नेपालीका लागि नेपाली“ भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *