परिणाममुखी राज रेग्मी : एनआरएनए उपाध्यक्षमा दरिलो बन्दै

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दिएका राजु रेग्मी राजले आफ्नो पक्षमा दरिलो जनमत बनाएका छन् ।

कतारमा कर्मथलो बनाएका रेग्मी एनआरएनएमाझ परिचित मात्र छैनन्, एनआरएनएमा परिणाममुखी काम गर्ने व्यक्तिका रुपमा पनि आफुलाई स्थापित गराएका छन् ।

उनले आफू विजयी भएको दिनदेखि नै चुनावको बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न लागि पर्ने बताएका छन् । ‘मेरा प्रतिवद्धताहरुलाई घोषणा पत्रमा मात्रै सीमित नराखेर यहाँहरुले दिएको अख्तियारीको फैसलाको दिनबाटनै कार्य सुभारम्भ गर्ने प्रण गर्दछु’, आफूलाई निर्वाचित गराउन अपिल गर्दै रेग्मीले आम डेलिगेट्सलाई भनेका छन् ।

सबैको साथ र सहयोगको पूर्ण विश्वासका साथ आगामी अक्टोवर १७ देखि २० तारिख सम्म काठमाडौँमा सम्पन्न हुन गइरहेको ११ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको रेग्मीले जनाएका छन् । ‘हाम्रो यो पबित्र अभियान एवं हाम्रो मातृभूमिको हितको लागि मैले बनाएर हिडेंका कार्ययोजना र प्रतिवद्धतालाई सफल र परिणाममुखी बनाऊन यहाँहरु सवैको साथ र सहयोगको लागी हार्दिक अपील गर्दछु’, रेग्मीले भनेका छन् ।

सबैको सहयोगबाट एनआरएनएको संस्थागत गरिमा बढाउने र समृद्ध नेपालको सपना हाम्रै पालामा सार्थकतामा ल्याउने आफ्नो संकल्प साकार हुने उनको विश्वास छ ।

एनआरएनएको सामीप्यतामा रहेदेखि नै आफूले नेपाली समूदायमा गरेको कार्यहरु र पदीय जिम्मेवारीमा रहँदाको समयमा आफूले गरेका संस्थागत र मानवीय कार्यहरुबारे सबै जानकार रहेको पनि उनको भनाइ छ । ‘तसर्थ यहाँहरुको प्ररेणा र सहयोगको विश्वासको निरन्तरताले अझै केही गरौं भन्ने उत्साह बढेर आएको छ । मेरो प्रतिद्धताको सक्षेपिकरण स्वरुप मेरो प्रमुख योजनामा पर्ने मातृभूमिको समृद्धीको लागि सामूहिक लगानी, स्वरोजगार, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगार, प्राविधिक शिक्षालय र अन्य योजना स्वास्थ्य, पर्यटन, परोपकार र संघको संस्थागत व्यवस्थापकीय विकास नै हुने छन्’, रेग्मीको भनाइ छ ।

वर्तमान समयमा युवा, महिला तथा श्रममैत्री कार्यहरुलाई अझ वैज्ञानिक र प्रविधियुक्त तवरबाट अगाडि बढाउने बताउँदै उनले नेपालमा स्वरोजगार व्यवस्थापन र विषेश गरी रिट्रनी माईग्रेशनहरुलाई नेपालमा नै रोजगार श्रृजनामा विषेश पहल रहने प्रतिबद्धता जनाएका छन् । आफ्नो पवित्र सपनाहरुलाई साकार बनाउनको लागि सबैको साथ, सहयोगको अपेक्षासहित अमुल्य सुझाव दिन पनि उनले अनुरोध गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *