आरके शर्मा : ३ महिनामा ४० देश पुगेर पाएको समर्थन बोकेर मैदानमा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवार राजेन्द्रकुमार (आर.के.) शर्माको व्यस्तता बढिनै रहेको छ । उनले पछिल्लो ३ महिनामा ४० देशमा पुगेर आफ्नो पक्षमा समर्थन बटुलिसकेका छन् ।

एनआरएनएको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शर्मा विश्वभरका नेपालीहरुले आफ्नो पक्षमा देखाएको साथ र समर्थनले उत्साहित भएर चुनावी मैदानमा उत्रिएका छन् ।

शर्माले कतारमा औपचारिक उम्मेदवारी घोषणा गर्नुभन्दा पहिला र घोषणा गरेपछि पनि विश्व दौडाहमा निस्केका थिए । आफ्नो उम्मेदवारी, एजेण्डा र प्रतिवद्धता बोकेर तीन महिनादेखि समर्थन जुटाउन विश्व भ्रमणमा निस्किएका शर्मा सबैको सकारात्मक प्रतिक्रिया बोकेर फर्किएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका अन्य प्रतिष्पर्धीभन्दा धेरै मेहनेत गरेका शर्मा मध्यपुर्वको अधिकांश समर्थन साथमा लिएर अन्य देशमा पुगेका हुन् । उनको भ्रमण तालिका देखेर अन्य प्रतिष्पर्धी दंग परेका छन् ।

शर्माले विगत तीन महिनादेखि आराम गर्न पाएका छैनन् । जहाजमा नै उनको धेरै समय बित्यो । एनआरएनएको अध्यक्षमा उठ्ने तयारी गरेपछि नेपालीहरु रहेका अधिकांश क्षेत्रमा पुगेर उनले अन्तरक्रिया र छलफल कार्यक्रम गरे । प्रवासी नेपालीहरुका समस्या र त्यहाँका सम्भावनालाई उनले नजिकबाट नियाले ।

शर्माले विभिन्न देशमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा कर्मभूमी कतारमा मध्यपुर्वका अगुवा तथा एनसीसीका प्रतिनिधीहरु समक्ष आफ्नो औपचारिक उम्मेदवारी घोषणा गर्दै आफ्ना २४ महिने कार्यकालमा गर्न सकिने २४ योजना तथा कार्यक्रमहरू सार्वजनिक गरे । उनको आफ्नो घोषणापत्रमा नै २४ महिना २४ बाचा उल्लेख गरेका छन् ।

कर्मभूमि कतारमा २७ सेप्टेम्वरमा उम्मेदवारी घोषणा गरेर मध्यपूर्वका विभिन्न देशका प्रतिनिधि भेटी युरोप भ्रमण सकेर शनिवार युएइको दुबई पुगेका छन् । उम्मेदवारी घोषणा अघि अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान, कोरिया, मलेसिया, हङकङ, मध्यपुर्वका सबै देश लगायत ४० देश पुगेर मतदाता भेटेका थिए ।

शर्माले अध्यक्ष पद मात्रै प्राप्त गर्ने आफ्नो अभिलाषा नभई योजनाबद्ध रूपमा कार्य गर्ने लक्ष्य सहित आफू संघको नेतृत्व गर्ने अभियानमा लागेको बताएका छन् ।

शर्माले आफू अध्यक्षमा निर्वाचित भएपछि २४ वटा बुँदामा मात्रै नभएर त्यसमा आधारित रहेर धेरै काम गर्ने योजना बनाएका छन् । “गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा बोकी शर्मा यतिखेर समर्थन जुटाउन चुनावी अभियानमा नै छन् ।

२० वर्षमा पुगेको गैरआवासीय नेपाली संघले मानवीय कार्यलाई निरन्तरता दिंदै आर्थिक मुद्दामा यो अभियानलाई केन्द्रित गराउनुपर्ने योजना शर्माको छ । यसका लागि शर्माले रेमिट्यान्सको रकम देशको विकासमा लगाउन प्राधिकरणको योजना अगाडि सारेका छन् । जसलाई विश्वभरमा रहेका गैरआवासीय नेपालीको साथ र सहयोग मिलेको छ ।

‘विश्वमा जुनसुकै कुनामा पुगेपनि नेपालीहरुको चाहना र इच्छा एउटै छ’शर्माले भने,“नेपाललाई छिट्टै समृद्द र विकसित बनाएर फर्कने, यही उद्देश्यको लागि अब हामीहरुले काम गर्नु पर्नेछ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा देश छोड्नेहरुको दृष्य हेर्दा देश नै खाली होला भन्ने चिन्ता बोकेमा शर्माले भने, “यो अवस्था आउन नदिन अब एनआरएनएको नेतृत्वले विशेष कार्य योजना ल्याउनु पर्दछ । म त्यही अभियानमा होमिएको छु ।”

स्थलगत भ्रमणमा पुग्दा त्यहाँका समस्या र समाधानका विषयमा धेरै जानकार भएको शर्माको भनाई छ । श्रमिकका मुद्धा मात्र होइन, नागरिकताका विषय, युवापुस्ता तथा खेलाडीका मुद्धा, महिला तथा लगानीका विषय अनि संस्थाको समग्रका विकासका लागि मार्गचित्र बनेको शर्माको भनाई छ ।

युरोपमा अहिले सिजनल कामदारको अभाव रहेकोले युरोपमा नेपाली कामदार पठाउन सकिने विषय पनि युरोप भ्रमणका क्रममा उठेको छ । युरोपका देशहरुसँग श्रम सम्झौता गर्न नेपाल सरकारलाई आग्रह गर्नुपर्ने विषय पनि उठेको छ ।

विश्वयुद्धको बेला मलेसिया, थाइल्याण्ड, म्यानमारमा रहेका नेपालीहरुलाई पनि गैरआवासीय अभियानमा जोड्नुपर्ने आवाज उठेको छ । त्यस्तै जापान, कोरिया, युरोप, अष्टे«लिया र क्यानडामा नेपाली विद्यार्थीहरुको समयस्यालाई सम्बोधन गर्न एनआरएनएले भूमिका खेल्नुपर्ने एनआरएनहरुले माग गरेका छन् । विश्व भ्रमणका बेला शर्माले गैरआवासीय नेपालीहरुका समस्यालाई नजिकबाट बुझेका छन् ।

८० भन्दा बढी देशमा फैलिसकेको गैरआवासीय नेपाली संघको महाधिबेशनमा ५८ देशका प्रतिनिधिले सहभागिता जनाउन पाउने भएका छन् । मध्यपुर्वको एक मात्र अध्यक्षका उम्मेदवार रहेका शर्मालाई अधिकांश क्षेत्रका प्रतिनिधिहरुले साथ दिने र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसीसी सदस्य, मध्यपूर्व संयोजक र आइसीसी सचिव भएर काम गरेका छन् । हाल उनी संघको आइसीसी उपाध्यक्ष हुन् ।

नेपालको बाग्लुङ जिल्लामा मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि सन् २००३ मा कतार पुगेका थिए । हाल उनी कतार तथा नेपालमा एक सफल नेपाली व्यवसायीका रुपमा चिनिन्छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *