एनआरएनए महिला उपाध्यक्षमा रोजिना प्रधानको चर्चा चुलिदै

news-details

बेलायतकी महिला अभियन्ता, सामाजिक ब्यक्तित्व तथा व्यवसायी रोजिना प्रधान राईले एनआरएनए महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै उनको चर्चा चुलिन थालेको छ ।

यसअघि महिला सचिवमा उम्मेदवारी दिने सोच बनाएकी राईले अग्रज र एनआरएनए अभियन्ताहरुको सुझाव सल्लाह अनुसार महिला उपाध्यक्षमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताएकी छिन् । अहिले उनी सबैको टिममा रोजाईमा पर्न थालेपछि निकै उत्साहित बनेकी छिन् ।

‘एनआरएनए संस्थामा आवद्ध हुनु भनेको समाज र देशको हितका लागि नै हो’, एक प्रेस विज्ञप्ति जारी गर्दै रोजिनाले भनेकी छन्, ‘विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गोरुको बाह्रै टक्का भन्नु भन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गरि महिला उपाध्यक्षमार्फत सेवा गर्ने निष्कर्षमा पुगेको हुं ।’ सम्पूर्ण डेलिगेट्सले आफ्नो परिवर्तित चाहनामा पूर्ण साथ दिने आशा रहेको रोजिनाले बताएकी छिन ।

उनले युग सुहाउंदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ रु ५ लाखको ‘एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन र व्यापार प्रवर्धनमा लाग्ने, प्रवासमा नेपाली कला संस्कृति, भाषा र भेषभूषाको प्रर्वधनमा लाग्ने लगायत एजेन्डा पनि सारेकी छन ।

आफ्नो समर्पण र अनुभव सुहाउंदो जिम्मेवारीका लागि आकांक्षा राखेको उल्लेख गर्दै रोजिनाले महिलाहरुको सम्मानका साथ समान हक अधिकार र हरेक क्षेत्रमा महिला उपस्थिति गराउने प्रण गरेकी छन । संसारभर रहेका महिलाहरुको समस्या अनुमोदन गर्न एक लाख डलरको अक्षय कोष खडा गर्ने वाचा उनको रहेको छ ।

उनले युग सुहाउंदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ रु ५ लाखको ‘एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन र व्यापार प्रवर्धनमा लाग्ने, प्रवासमा नेपाली कला संस्कृति, भाषा र भेषभूषाको प्रर्वधनमा लाग्ने लगायत एजेन्डा पनि सारेकी छन ।

एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल उनले एनआरएनए यूकेको उपाध्यक्ष हुंदै केन्द्रको विभिन्न टास्कफोर्समा रहेर काम गरि आफ्नो कार्य कुशलता संसारभर देखाईसकेकी छन । एनआरएनए आइसिसि भोकेशनल एजुकेशन कमिटी यूरोपको चियरसमेत रहेकी रोजिनाले २०२३–२५ कार्यकालका लागि महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि उनको चर्चा एनआरएनए अभियानमा चुलिएको हो ।

च्यारिटी संस्था रोजीहिरा फाउण्डेशनकी अध्यक्ष तथा केहिरोज इन्टरनेशन कम्पनीको अध्यक्ष रोजिनाले संस्थागत सुधार र महिला सशक्तिकरणका सवाल अझ घनीभूत रुपमा उठाउने अठोटसहित महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताईन ।

आफुले बेलायतका विभिन्न सामाजिक तथा महिला केन्द्रित संस्थासहित बेलायत एनसीसी हुंदै केन्द्रसम्म निकट रहेर धेरै अनुभव संगाल्ने अवसर पाएको उनले बताईन । आफ्नो ज्ञान र अनुभव एनआरएनएमार्फत मातृभूमिलाई अझ बढी दिन इच्छुक र दृढ रहेकोले नै आफूले महिला उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताईन ।

रोजिनाले अहिले व्यवसाय र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी छन् । रोजीहिरा फाउण्डेशनकी अध्यक्ष राईले आफ्नो फाउण्डेशनमार्फत धेरै परोपकारी कार्य गरेकी छन । उनले विशेष गरि सन् २०१५ को महाभूकम्प, कोभिड १९ महामारी, बाढी तथा पहिरो पीडित र आपतविपतका बेला कैयौंपटक आर्थिक र मानवीय सहयोग गरेकी थिइन् ।

खोटाङ बांसपानीस्थित श्री राष्ट्रिय माविमा इ लाइब्रेरी, खोटाङ बांसपानीकै स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री प्रदान, झापामा अपांगता भएकालाई कृत्रिम हात खुट्टा वितरणमा सहयोग, प्रदेश नम्बर १ विराटनगर महानगरपालिका १२ मलहनुवास्थित निर्माणाधीन मुसहर बस्ती निर्माणका लागि श्रमदान लगायत कार्य गरेकी थिइन् । राईको सहयोगमा सो क्षेत्रमा विपन्न मुसहर समुदायका लागि १४५ घर निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *