एनआरएनएलाई कर्पोरेटरुपमा लैजाने छु : गौरीराज जोशी, महासचिव पदका उम्मेदवार

news-details

एनआरएनएको आगामी कार्यकालका लागि वर्तमान महासचिव गौरीराज जोशीले पुन महासचिव पदमा नै उम्मेदवारी घोषणा गरेका छन् । डा. बद्री केसीको उम्मेदवारी घोषणा कार्यक्रममा जोशीले पुन महासचिव पदमा उम्मेदवारी घोषणा गर्दै निर्वाचित महासचिव भएर काम गर्ने बताएका हुन् ।

अमेरिकामा कर्मथलो बनाइरहेका जोशीलाई महासचिव पदमा नै अमेरिकाकै बुद्धी सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको आगामी कार्यकालका लागि महासचिवमा निर्वाचित भएर काम गर्ने उनको आकांक्षा रहेको छ ।

एनआरएनए अभियानमा चर्चित जोशी आगामी कार्यकालमा थप ५० भन्दा बढि देशमा एनआरएनएको सञ्जाल बिस्तार गर्ने र प्रविधीमैत्री एनआरएनए बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आफ्नो जुममार्फत बुधबार महासचिव पदको उम्मेदवारी घोषणा कार्यक्रममा जोशीले गरेको सम्पादित संवोधन यहाँ प्रस्तुत गरिएको छ ।

म आइसीसी सचिव हुँदै गर्दा कोभिडको समय थियो, त्यसबेला थुपै्र साथीहरु मलेशियामा कोभिडका कारणले छटपट्टिरहेका थिए । तत्कालीन अध्यक्ष कुमार पन्तको आग्रहमा हामीले एक हप्ताभित्र ५० लाखभन्दाबढी अमेरिकाबाट फण्ड संकलन गरेर सहयोग गरेका थियौ ।

अमेरिकाबाट मात्रै २ बिलियन फण्ड नेपालमा जम्मा गरेर साथ दिएका थियौ । त्यसबाहेक मैले मेरै नेतृत्वमा मोबाइल ब्लड बसको पनि सुरुवात गरेर कोभिडको समयमा विभिन्न क्षेत्रमा उपलब्ध गराएका थियौ ।

अब निर्वाचित महासचिव भएपछि मैले मेम्बरसिप सिस्टमलाई अटोनोमस बनाउने छु । जसमा सजिलै मेम्बरशिप बन्न सकिने छ । अहिले डेलिगेट्स सिस्टममा देखिएका समस्याहरुलाई व्यवस्थापन गर्ने छौ । हाम्रो सामाजिक संस्थालाई कर्पोरेट संस्थाको रुपमा लैजाने मेरो प्रतिवद्धता रहेको छ ।

एनसीसीहरुलाई इम्पावर गर्ने, विभिन्न प्रोग्राम मार्फत च्यारिटीहरुलाई सुरुवात गर्ने योजना रहेको छ । म महासचिव भएभने च्यारिटीको कार्यविधि बनाएर लागु गरिने नै छ । जहाँ एनआरएनहरु छन् त्यहाँ एनआरएनए भन्ने नारा ल्याएर ५० भन्दा बढी देशमा एनआरएनएको सञ्जाललाई बिस्तार गरेर सेवा र सुविधा दिने लक्ष्य पनि हामीले लिएका छौ ।

म लामो समयदेखि विभिन्न कालखण्डमा कार्यकारी अध्यक्ष डा. बद्री केसीजी सँगै काम गर्दै आएको हुँ । यसपटक म कुन टिमबाट उम्मेद्वारी दिने भन्नेमा धर्मर थिए । अध्यक्षमा उम्मेदवार सँगै काम गरेका साथीहरु थिए । यसलाई अझ नयाँ हिसाबले अगाडि बढाउन सकिन्छ कि भनेर मैले महेश श्रेष्ठसँग पनि प्रयास नगरेको होइन । तर यो प्रकृयामा काँहीबाट हाइज्याक भयो । बद्रीजीसँग म भावनात्मक वा व्यक्तिगत रुपमा र संघमा काम गर्ने सही रुपमा पाएको छु , त्यही भएर उहाँलाई समर्थन गरेको हुँ

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

One thought on “एनआरएनएलाई कर्पोरेटरुपमा लैजाने छु : गौरीराज जोशी, महासचिव पदका उम्मेदवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *