युवा उपाध्यक्षका उम्मेद्वार थापा भन्छन्–‘फाटेको मन टाल्ने/सिलाउँने मै कार्यकाल बित्यो’

news-details

गैरआवासीय नेपाली संघका आगामी कार्यकालका लागि पुन युवा उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका रोशन थापाले अव निर्वाचित भएर काम गर्ने मन भएको बताएका छन् ।

डा.बद्री केसीको अध्यक्षको उम्मेदवारी घोषणा कार्यक्रममा थापाले आगामी कार्यकालका लागि पुन युवा उपाध्यक्षमा पदमा निर्वाचित भएर काम गर्ने इच्छा रहेको बताएका हुन् । उनले अहिलेको आफ्नो कार्यकाल फाटेको मन टाल्ने र सिलाउँने मै बितेको बताएका छन् ।

उनले बुधबार जुम मार्फत आफ्नो औपचारिक उम्मेदवारी घोषणा कार्यक्रम राखेको भनाई जस्ताको तस्तै ।

म एनआरएनएमा २०१५–०१७ र २०१७–०१९ मा अफ्रिकामा रहेको देश तान्जेनियाको अध्यक्ष हुँदै २०१९–०२१ मा अफ्रिकाको क्षेत्रीय संयोजक भएर काम गरेँ । अहिले म युवा उपाध्यक्ष छु ।

अघिल्लो कार्यकालमा मैले युवा उपाध्यक्षमा उम्मेद्वारी दिएको थिए । निर्वाचन प्रकृयामा पनि भाग लिएको थिए । तर, निर्वाचन हुन नसकेर निर्विरोध भनेर सुचना पाटीमा मेरो नाम पनि टाँस्यो । तर त्यसपछि के भयो भन्ने कुरा हामी सबैलाई थाहा छदैछ ।

हामीले यो डेढ वर्षे कार्यकाल फाटेको मन टाल्ने सिलाउँने मै खर्च ग¥यौ । र मलाई एक कार्यकाल यहाँहरुबाट निर्वाचित भएर काम गर्न एकदमै मन छ । म संस्थामा काम गरेर देखाउने छु ।

एनआरएनएमा धेरै काम गर्नु पर्नेछ । विशेषगरी युवा विभागका निति नियमहरु पनि धेरै बनाउनु पर्नेछ । दोस्रो पुस्ताका नेपालीहरुलाई नेपाली भाषा र संस्कृतिहरुसँग जोड्ने कुराहरुदेखि लिएर ठूलो संख्यामा अहिले बाहिर गइरहेका युवालाई मुलधारमा कसरी ल्याउने भन्ने सवाल छ ।

 

विदेशमा कमाएको पुँजीहरुदेखि लिएर खेलकुदको क्षेत्रमा पनि एनआरएनएले उल्लेख्य काम गरेको छ । खेलकुदका क्षेत्रमा आइसीसीदेखि एनसीसीसम्म कसरी पुग्न सकिन्छ भन्ने मुद्धाहरुका छन् । हाम्रो अध्यक्षज्युका एजेन्डाहरुलाई युवाहरुसँग बसेर कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ भन्ने सवाल छन् ।

हाम्रो संस्था राम्रो बनाउन सकेमा मात्र नेपाल र नेपालीलाई गर्ने काममा यसले क्वालिटी दिन्छ । क्वालिटी डेलिभरी पनि हुन्छ भन्ने लाग्छ । एनआरएनएलाई सबैको साझा बनाउनको लागि हामीले काम गर्नुपर्छ ।

एनआरएनएको काम गर्नका लागि म तयार भएर आएको छु र सबैले सहयोग गर्नुहुन्छ भन्ने मैले आशा राखेको छु । मैले एनआरएनएको भवन बनाउनदेखि धेरै काममा आर्थिक भौतिक सहयोग गरको छु । यो सामाजिक संस्थामा म नै हुनुपर्छ भन्ने छैन यदि म भन्दा धरै काम गरेका र गर्न सक्ने साथीहरु हुनुहुन्छ र आउनुहुन्छ भने म तगारो भने बन्दिन ।

म पनि अनुभवका आधारमा ग्राउण्ड लेबलबाटै आएको हुनाले एनआरएनए अभियानमा तल्लो लेवलदेखि काम गरेको भएकाले मलाई जिताउनु हुन्छ भन्नेमा म ढुक्क छु ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *