एनआरएनएको अध्यक्षमा पुनः डा.बद्री केसीको उम्मेदवारी घोषणा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी)को ११ औं महाधिबेशनमार्फत ः बर्तमान अध्यक्ष डा. बद्री केसीले पुनः अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी २०२३–२५ कार्यकालका लागि बुधबार जुम मार्फत औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका केसीले आफ्ना अधुरा काम पुरा गर्नका लागि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

गैरआवासीय नेपाली संघको अभियानमा स्थापनाकालदेखि निरन्तर सक्रिय भएर लागेको बताउँदै आगामी कार्यकालका लागि निर्वाचित अध्यक्ष भएर अधुरा काम तथा एजेण्डाहरु पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

अध्यक्षको औपचारिक घोषणा गर्दै केसीले एनआरएनएले अहिलेसम्म गरेका कामको जानकारी गराउँदै केही अधुरा कार्य पुरा गर्दै एनआरएनएलाई विदेशमा रहेका नेपालीहरुको सम्मानित र गर्व गर्न लायक बनाएर छोड्ने प्रतिवद्धता जनाएका छन् ।

एनआरएनएको आगामी कार्यकालका लागि अन्य उम्मेदवारभन्दा सबैभन्दा ढिलो उम्मेदवारी घोषणा गरेका केसीलाई आफ्नै दुई उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र सहकर्मी रविना थापासँग प्रतिष्पर्धा गर्नु पर्ने देखिएको छ ।

केसीलाई साथ दिदै उपाध्यक्षमा डा. हेमराज शर्मा, रामशरण सिंखडा, महासचिवमा गौरीराज जोशी लगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *