श्रमिकका मुद्धा बोकेका भट्टराईको जापान भ्रमणले दिएको आशा

news-details

अहिले गैरआवासीय नेपाली संघको चुनावी चटारोले छोपेको छ । एनआरएनएको नेतृत्वका आकांक्षीहरु अहिले आआफ्नो एजेण्डा बोकेर चुनावी माहोल बनाउन हिडिरहेका छन् । एनआरएनएको अध्यक्षका प्रत्यासीदेखि लिएर उपाध्यक्ष,क्षेत्रीय संयोजक, उपसंयोजकका प्रत्यासी चुनावी माहोल बनाइरहेका छन् ।

एसिया प्यासिफिक उपसंयोजक हरि भट्टराई क्षेत्रीय संयोजकको उम्मेदवारी घोषणा गरेर आफ्नो पक्षमा माहोल बनाउन थाइल्याण्ड हुँदै जापान भ्रमण गरेर कर्मथलो मलेसिया फर्किएका छन् । श्रमिकको मुद्धा बोकेर जापान पुगेका भट्टराईले मलेसियामा रहेका नेपाली श्रमिकका समस्या तथा समाधानमा एनआरएनएले खेलेको भूमिकाका बारेमा जानकारी गराएका थिए ।

२०१९ देखि २०२१ मा एनआरएनए मलेसियाको अध्यक्षको हुँदै २०२१ देखि २०२३ मा एसिया प्यासिफिक क्षत्रीय उपसंयोजक रहेर काम गरिसकेका भट्टराईले २०२३ (२०२५ को लागि एसिया प्यासिफिक क्षत्रीय संयोजकमा उम्मेद्बार दर्ता गराए संगै एसियाको भ्रमणमा निस्किएका हुन् ।

एनआरएनएको महाधिवेशनको तयारी भइरहदा उम्मेद्बारी दर्ता पश्चात् भट्टराई थाइल्यान्ड हुँदै जापान भ्रमणमा पुग्दा उनको स्वागत तथा सत्कारले प्रफुलित बनाएको छ । गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष नवीन न्युरे, गैरआवासीय नेपालीका अग्रज, सहकर्मी, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, राजनीति दलका भात्री संगठन, नेपालका विभिन्न भेगिय सस्थाहरु र जापानका विभिन्न सहरहरुमा रहेका क्षेत्रीय समितीहरुले भट्टराईलाई भब्य स्वागत गरेका थिए ।

जापानका विभिन्न क्षेत्रमा पुगेर भट्टराईले श्रमिकहरूका समस्या उपर छलफल गरि सबैको मन जितेका छन । जापानमा रहेका साथीहरूको सद्भावपुर्ण स्वागतले आफुमा हौसला र श्रमिकका साझा मुद्वा उपर काम गर्ने छुट्टै प्रेरणा र आशा मिलेको भट्टराईको भनाई छ ।

एनआरएनए मलेसियाको अध्यक्ष हुँदा भट्टराईले ब्यक्तिगत रुपमा मलेसियान ५० हजार रिङ्गेट दिएर श्रमिक कल्याणकारी कोष खडा गरेका थिए । उक्त कोषबाट हजारौंको सङ्ख्यामा नेपाली श्रमिकको उद्वार तथा राहात गरिएको थियो । अहिलेसम्म पनि तेहि कोष बाट श्रमिकका समस्या समाधान हुँदै आएका छ्न।

भट्टराईले ब्यक्तिगत रुपमा श्रमिकहरुको लागि एनसीसी मलेसियामा स्थापना गरेको र श्रमिक कल्याणकारी कोष अहिलेसम्मकै मलेसियाको ठुलो र पहिलो कोष हो। अफ्ठ्यारोमा परेका श्रमिकहरुलाइ सहयोग गर्दै आएका भट्टराई कोभिड महामारीमा होस या श्रमिकलाई अफ्ठ्यारो परेका अबस्थामा होस वा श्रमिकको हक अधिकार सुनिश्चित गराउने सवालमा होस कसैसङ सम्झोता नगरि काम गर्ने ब्यक्तिको रुपमा मलेसियामा चिनिन्छन् ।

कोभिडको महामारीमा हजारौं सङ्ख्यामा मलेसियामा रहेका नेपाली श्रमिकको उद्वार तथा राहातमा खटेका भट्टराई श्रमिकको होस्टेल होस्टेल पुगेर सहयोग तथा राहात सामाग्री बितरणमा जुटेका थिए । भट्टराईले सयौंको सङ्ख्यामा जेल जीवन बिताइ रहेका नेपाली श्रमिकहरुको उद्वार तथा विभिन्न कारण मलेसियामा मृत्यु भएका नेपाली हरुको शव फिर्तामा सहयोग गरेर मलेसियामा रहेका श्रमजीवीबर्गको मन जित्दै आएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *