एनआरएनए आइसीसी युवा संयोजकमा पोर्चुगलबाट रविन अधिकारीको उम्मेदवारी घोषणा

news-details

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को ११ औं महाधिवेशनका लागि पोर्चुगलबाट रविन अधिकारीले आइसीसी युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।

‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत सहभागिता’ मुल नाराका साथ अधिकारीले सन् २०२३–२५ कार्यकालको लागि आइसीसी युवा संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विगत १४ बर्षदेखि एनआरएनए अभियानमा लागेका अधिकारी संघमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सदस्य(२०११–१३), पोर्चुगलको युवा संयोजक(२०१७–१९), आइसिसी सदस्य(२०१९–२१) हुँदै केही महिना अघिसम्म गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अध्यक्ष (२०२१–२३) को रूपमा रही आफ्नो गहन जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।

संघमा आफुले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था र खासगरी युवाहरु लागि विशेष योजनाका साथ अगाडि बढ्ने भएकाले सबैले साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनका लागि उनले आग्रह गरेका छन् ।

आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउदै अधिकारी भन्छन् –‘संघमा मेरो लामो अनुभव, प्रतिवद्धता, क्रियाशीलता र अझै पनि थप योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छा र भावनाले आगामी महाधिवेशनबाट सन् २०२३–२५ कार्यकालको लागि मैले अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

संघमा आफुले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था र खासगरी युवाहरु लागि विशेष योजनाका साथ अगाडि बढ्ने भएकाले सबैले साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनका लागि उनले आग्रह गरेका छन् ।

रविन अधिकारीका प्रतिवद्धताहरु :

१) ‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत सहभागिता’ भन्ने मुल भावनाका साथ संघमा युवा र नयाँ पुस्तालाई व्यापक सहभागिता बढाउने विशेष योजना ल्याइ कार्यान्वयन गराउनेछु ।

२) प्रवासमा रहेका युवाहरुलाइ फुटबल, भलिबल, क्रीकेट लगायतका खेलकुदहरुको माध्यमबाट जोड्न एनआरएन युवा खेलकुद कोष स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली खेलाडीहरुलाइ प्रोत्साहित गर्दै सहयोग पु¥याउने योजना ल्याइ कार्यान्वयन गर्नेछु ।

३) विदेश आएका कतिपय नेपाली युवाहरु आज विभिन्न खालको कुलत र समस्या पनि फसिरहेका छन् । उनीहरूलाई खेल लगायत विभिन्न साँस्कृतिक मनोरञ्जन कार्यक्रमबाट सकारात्मक सोच वृद्धि गराउनु र सही मार्गमा हिडाउनु आज हामी सबैको लागि चुनौती र दायित्व पनि हो । यसमा मेरो जोडदार प्रयास रहनेछ ।

४) रोजगारका लागी विदेश जान चाहने युवाहरुलाई नेपालमै रोजगारमूलक तालिम सञ्चालन गरी जाने सम्बन्धित देशका एनआरएनए एनसीसीहरु संगको समन्वयमा दक्षता हासिल गरेको क्षेत्रमा रोजगारका लागी पहल गर्ने र त्यसको सुपरिवेक्षण गर्ने छु ।

५) आइसिसी र एनसिसी बीचका युवाहरुलाई संयोजन गरी आपसी सहयोग अभिवृद्धि र आइपर्ने विभिन्न समस्या समाधानका लागि आइसिसीको तर्फबाट एनसिसीका युवा संयोजकहरुलाई समेटी एक संयन्त्र गठन गर्न प्रयत्न गर्नेछु र एनसिसीका युवाहरुको भावनालाई आइसिसीसम्म पुर्याउन प्रयत्न गर्नेछु ।

६) विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्ताका युवा वर्गलाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्नेछु ।

७) ‘नेपालीका लागि नेपाली’ र ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *