मध्यपुर्वमा आफ्नो पक्षमा माहोल बनाउँदै उपाध्यक्षका उम्मेदवार गोविन्द श्रेष्ठ

news-details

गैरआवासीय नेपाली संघका उपाध्यक्ष रोविन्दप्रसाद श्रेष्ठ गोविन्द अहिले मध्यपुर्वको भ्रमणमा निस्केका छन् । कतार हुँदै बहराइन, यूएई र कुवेतसम्म पुग्ने योजनासहित निस्केका श्रेष्ठले एनआरएनए अभियानमा मध्यपुर्वका मुद्धाका विषय अन्र्तक्रिया गरिरहेका छन् ।

आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा नै पुन उम्मेदवारी दिने घोषणा गरेका श्रेष्ठले मध्यपुर्वका एनआरएनए, अगुवा, एनसीसीका पदाधिकारी तथा डेलिगेट्ससँग भेटावार्ता गरिरहेका छन् ।

संस्थागत विकास, युवा सहभागिता सक्षम गौरवशाली र सबैको अपनत्व भएको एनआरएनए बनाउने योजनासहित श्रेष्ठले पुन औपचारिक रूपमा उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन ।

अध्यक्ष पदमा आरके शर्माको औपचारिक उम्मेदवारी घोषणा सभामा कतार पुगेर श्रेष्ठले एनआरएनए मध्यपुर्वकाअभियन्ता तथा एनसीसीहरुलाई साक्षी राख्दै कतारबाट श्रेष्ठले औपचारिक रूपमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे हुन ।

“एनआरएनएको आसन्न ११औं महाधिवेशन तथा विश्व सम्मेलनमा सबैको साथ, सल्लाह र परामर्शका कारण नै मैले पुनः उपाध्यक्ष पदमा आउँने निर्णय गरेको छु ।औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दै भने(“विश्वभरिका नेपालीहरुको हकहित र नेपालको चिनारी र पर्यटन प्रवर्द्धन वैदेशिक सिप ज्ञान र पूँजी लगानी नेपाल भित्राउनका लागि मुख्य कार्ययोजनासहित अब आउने कार्यकाल २०२३(२०२५ मा म आरके शर्माको नेतृत्वमा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको स्पष्ट पार्न चाहन्छु ।”
एनआरएनएको अभियानमा लागेका अग्रजहरूको सम्मान गर्दै अहिलेलाई अध्यक्ष पदमा राजेन्द्रकुमार शर्मालाई सहयोग गर्ने र उपाध्यक्षमा रहेर आफ्ना नीति तथा कार्यक्रम र योजना कार्यान्वयनमा लाग्ने प्रतिबद्धता श्रेष्ठले सो अवसरमा व्यक्त गरे ।

एनआरएनएको २०२१-२३ कार्यकालमा विषेश अवस्था र परिस्थिति रहेकोले सोचेका योजना र कार्यक्रमहरू कार्यान्वयन गराउने वातावरण नभएकोले तिनै योजना र कार्यक्रम कार्यान्वयनका लागि एकता सहकार्य र सहमतिको पाटोंलाई आत्मसात् गर्दै आफनो उम्मेदवारी भएको उनको भनाई छ ।

“हाम्रो टिमको अनुभव, समर्पण, र संस्थाको लागि केही गरौ भन्ने हाम्रो हुटहुटीलाई मतद्वारा अनुमोदित गरिदिनु हुनेछ।” उपाध्यक्ष पदका उम्मेदवार घोषणा गरेका श्रेष्ठले आफ्नो मन्तव्य राख्दै भने आरके शर्मासहित हाम्रो टिमका कसैलाई पनि उप विजेता हुने छुट छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *