आरके शर्मालाई समर्थन गर्दै उपाध्यक्ष डिबी क्षेत्रीद्धारा कुनैपनि पदमा उम्मेदवारी नदिने घोषणा

news-details

एनआरएनए (२०२३/०२५) अध्यक्षमा उम्मेदवारी दिएका आरके शर्मालाई समर्थन गर्दै एनआरएनए मध्यपूर्वका अर्का उपाध्यक्ष डिबी क्षेत्रीले कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

एनआरएनएका उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा कार्यक्रममा उपाध्यक्ष क्षेत्रीले श्रमिकको प्रमुख गन्तव्यस्थल रहेको मध्यपूर्वले अबको नेतृत्व पाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले मध्यपूर्व अफ्रिका, इष्ट युरोपमा रहेका गैरआवासिय नेपालीहरुले एनआरएनएका लागि उपाध्यक्ष भन्दा माथि जान बनेकै होइनौ भन्ने सोचले गर्दा मध्यपूर्व सधैं पछि परेको बताए ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष क्षेत्रीले आरके शर्माका लागि मात्र नभएर मध्यपूर्व, मलेशिया र तमाम विश्वभर छरिएर रहेका श्रमिकहरुको हक अधिकार सुनिश्चित गर्दै एनआरएनए श्रमिकहरुको पनि संस्था हो भन्नका लागि आगामी नेतृत्व मध्यपूर्वकै हुनुपर्ने बताए ।

उनले भने –‘मध्यपूर्वका एनआरएनएहरु भोटर मात्र होइनन् नेतृत्व पनि हाक्न सक्छन् । यसपाली सबैले सहयोग गरेर मध्यपूर्वलाई नेतृत्व दिनुपर्छ ।’

रेमिट्यान्सको ठूलो मात्रा ओगटेको मध्यपूर्वका श्रमिकहरु सधैं पछि परेको र मध्यपूर्वमा पनि सक्षम नेतृत्व छन् भन्नका मध्यपूर्व नेतृत्वमा आउनुपर्ने उनले बताए ।

उनले भने –‘मध्यपूर्वका एनआरएनएहरु भोटर मात्र होइनन् नेतृत्व पनि हाक्न सक्छन् । यसपाली सबैले सहयोग गरेर मध्यपूर्वलाई नेतृत्व दिनुपर्छ ।’

‘साथ दिन सक्दिनँ भने सक्दिनँ भन्ने तर रावणले जस्तो छल गरेर तपाई सँग छु भनेर धोका दियो भने मध्यपूर्व र श्रमिकहरुले कहिल्यै पनि माफ गर्दैनन् ।’ उनले भने ।

कार्यक्रममा बाोल्दै उनले अबको नेतृत्व मध्यपूर्व र सम्पुर्ण श्रमिकको एनआरएनए बनाउनको लागि सबै अग्रजहरुसँग बसेर आगामी नेतृत्व मध्यपूर्वको हुनुपर्छ भन्नेमा आफ्नोे कोसिस रहने समेत प्रतिबद्धता उनले जनाए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *