एनआरएनए (२०२३/०२५) अध्यक्षमा उम्मेदवारी दिएका आरके शर्मालाई समर्थन गर्दै एनआरएनए मध्यपूर्वका अर्का उपाध्यक्ष डिबी क्षेत्रीले कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

एनआरएनएका उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा कार्यक्रममा उपाध्यक्ष क्षेत्रीले श्रमिकको प्रमुख गन्तव्यस्थल रहेको मध्यपूर्वले अबको नेतृत्व पाउनुपर्नेमा जोड दिएका हुन् ।

आरके शर्मालाई समर्थन गर्दै उपाध्यक्ष डिबी क्षेत्रीद्धारा कुनैपनि पदमा उम्मेदवारी नदिने घोषणा

उनले मध्यपूर्व अफ्रिका, इष्ट युरोपमा रहेका गैरआवासिय नेपालीहरुले एनआरएनएका लागि उपाध्यक्ष भन्दा माथि जान बनेकै होइनौ भन्ने सोचले गर्दा मध्यपूर्व सधैं पछि परेको बताए ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष क्षेत्रीले आरके शर्माका लागि मात्र नभएर मध्यपूर्व, मलेशिया र तमाम विश्वभर छरिएर रहेका श्रमिकहरुको हक अधिकार सुनिश्चित गर्दै एनआरएनए श्रमिकहरुको पनि संस्था हो भन्नका लागि आगामी नेतृत्व मध्यपूर्वकै हुनुपर्ने बताए ।

उनले भने –‘मध्यपूर्वका एनआरएनएहरु भोटर मात्र होइनन् नेतृत्व पनि हाक्न सक्छन् । यसपाली सबैले सहयोग गरेर मध्यपूर्वलाई नेतृत्व दिनुपर्छ ।’

रेमिट्यान्सको ठूलो मात्रा ओगटेको मध्यपूर्वका श्रमिकहरु सधैं पछि परेको र मध्यपूर्वमा पनि सक्षम नेतृत्व छन् भन्नका मध्यपूर्व नेतृत्वमा आउनुपर्ने उनले बताए ।

उनले भने –‘मध्यपूर्वका एनआरएनएहरु भोटर मात्र होइनन् नेतृत्व पनि हाक्न सक्छन् । यसपाली सबैले सहयोग गरेर मध्यपूर्वलाई नेतृत्व दिनुपर्छ ।’

‘साथ दिन सक्दिनँ भने सक्दिनँ भन्ने तर रावणले जस्तो छल गरेर तपाई सँग छु भनेर धोका दियो भने मध्यपूर्व र श्रमिकहरुले कहिल्यै पनि माफ गर्दैनन् ।’ उनले भने ।

कार्यक्रममा बाोल्दै उनले अबको नेतृत्व मध्यपूर्व र सम्पुर्ण श्रमिकको एनआरएनए बनाउनको लागि सबै अग्रजहरुसँग बसेर आगामी नेतृत्व मध्यपूर्वको हुनुपर्छ भन्नेमा आफ्नोे कोसिस रहने समेत प्रतिबद्धता उनले जनाए ।