मलेसियाका न्यौपानेले कतारमा पुगेर एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा, आरके शर्मासँग सहकार्य गर्ने प्रतिवद्धता

news-details

मलेसियामा कर्मथलो बनाइरहेका एनआरएनए सचिव खगेन्द्र न्यौपानले मध्यपुर्व कतारबाट आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गरेका छन ।

एनआरएनएका उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा कार्यक्रममा कतार पुगेका सचिव न्यौपानेले मध्यपुर्व र मलेसियाका एजेन्डाहरु एउटै रहेको जनाउदै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनएको अभियानमा निरन्तरता दिन र आफ्ना एजेण्डालाई स्थापित गराउनका लागि आरके शर्मासँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाई छ । उम्मेदवारी घोषणा कार्यक्रममा न्यौपानेले भने -‘मेरो एजेण्डासँग अध्यक्षका उम्मेदवार आरके शर्माका एजेण्डा सबै मिलेको हुँदा म उहाँकै अभियानमा साथ दिएर उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु ।’

आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा न्यौपानेले सन २०२३–२५ कार्यकालका लागि मध्यपुर्वको हव कतारबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एनआरएनए अभियानमा लागेर सबैको मन जित्न सफल न्यौपाने अहिले सबैको रोजाईमा परिरहेका छन् । एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य, एक कार्यकाल अध्यक्ष, एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक र वर्तमान आइसीसी सचिवको जिम्मेवारी सफलताका साथ निभाइसकेकाले एनआरएनए अभियानमा लागिरहँदा आफ्ना मुद्धालाई स्थापित गर्न आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

एनआरएनए अभियानमा लाग्दै गर्दा यस पवित्र सामाजिक संस्थाबाट प्राप्त अनुभवलाई संगालेर आगामी कार्यकालको लागि एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु’, उनले अगाडि भने, ‘विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसाथ गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।’

एनआरएनए अभियानको क्रममा विश्वका धेरै मुलुकहरु पुगिसकेका न्यौपाने हाल मध्यपुर्वको भ्रमणमा रहेका छन । एनआरएनएको ६ जना उपाध्यक्ष पदका लागि अन्य उम्मेदवारहरुको सुचिमा अग्र स्थानमा रहेका न्यौपानेलाई विश्वमा रहेका गैरआवासीय नेपालीहरुले मन पराएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *