एनआरएनए अध्यक्षमा आरके शर्माले आज औपचारिक उम्मेदवारीको घोषणा गर्दै

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३/०२५) को लागि राजेन्द्र कुमार (आरके) शर्माले बुधबार एक बृहत समारोहकाबीच अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन ।

विश्वभरका गैरआवासीय अभियन्तासँग छलफलपछि शर्माले कर्मभूमि कतारबाट अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गर्न लागेका हुन । शर्माले कतारको राजधानी दोहास्थित रयाडिसन ब्लु होटलमा आज २७ सेप्टेम्बरमा २४ बुँदे बाचापत्रसहित अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

शर्माको उम्मेदवारी घोषणा तथा बाचापत्र सार्वजनिक कार्यक्रमप्रति विश्वभरका गैरआवासीय नेपालीहरुको ध्यान तानिएको छ भने विश्वका दर्जनौ देशबाट एनआरएनए अभियन्ताहरु कार्यक्रममा सहभागी हुन कतार पुगिरहेका छन ।
“गैरआवासीय नेपालीको अभियान : स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा गर्ने आफ्ना २४ कार्ययोजनाको बाचापत्र सार्वजनिक गर्दै औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

कार्यक्रममा विभिन्न देशका एनआरएनए अभियन्ता, एनसीसीका अध्यक्षहरु तथा प्रतिनिधिहरु उपस्थित हुने भएका छन । उक्त कार्यक्रममा मध्यपूर्वमा रहेका सबै एनसीसी, अन्य संघ–संस्था तथा कतारमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहनेछ ।

बिश्वका प्राय सबै एनसीसीमा पुगेका संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावपछि आफ्नो जित सूनिश्चीत रहेको जनाउदै आफ्ना योजना तथा कार्यक्रमहरू सार्वजनिक गर्न लागेको बताए ।

हालसम्म कार्यक्रममा सहभागिताका लागी एनआरएनए उपाध्यक्ष डिबि क्षेत्री, उपाध्यक्ष रोविन्द प्रसाद श्रेष्ठ, महिला उपाध्यक्ष यास्मीन वेगम, महासचिव गौरी राज जोशी, सचिव खगेन्द्र न्यौपाने, सहकोषाध्यक्ष टंक गैरे, मध्यपुर्व संयोजक मनोज गोर्खाली र राजेन्द्र अर्यालसहित एनआरएनए अभियन्ता राजु सैयद, कल्याण श्रेष्ठ तथा एनसीसी युएईका पुर्वअध्यक्ष रमेश श्रेष्ठ कतार पुगिसकेका छन ।

यस्तै एनसीसी युएईका अध्यक्ष बिकास साही, एनसीसी साउदीका अध्यक्ष रविना अर्याल, एनसीसी बहराईनका अध्यक्ष राजु श्रेष्ठ, एनसीसी ओमानका अध्यक्ष विकल झा, एनसीसी ईराकका अध्यक्ष विनोद श्रेष्ठ, एनसीसी कुवेतका अध्यक्ष रण लामा पनि कार्यक्रममा सहभागिताका लागि कतार पुगिसकेका छन भने अन्तर्राष्ट्रिय चितवन समाजका अध्यक्ष समिर केसीलगायत एनआरएनए अभियन्ता, प्रवासमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधी र पत्रकारहरु उपस्थिति भैसकेका छन ।

कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाउन नसकेका बिश्वभरका गैरआवासीय नेपालीहरुलाई जुमबाट कार्यक्रममा जोडिने व्यवस्था मिलाइएको आयोजकले बताएका छन । उक्त उम्मेदवारी घोषणा कार्यक्रम आज साँझ नेपाली समय ७ः४५ बजे र कतारी समय ५ बजे शुरुवात हुने छ । जसका लागि जुम लिंक https://zoom.us/j/97104689068?pwd=QVRTaEN1Y0lHL3pOa2FCak5ycFJUZz09  बाट कार्यक्रममा जोडिन सकिने आयोजकले बताएको छ ।

बिश्वका प्राय सबै एनसीसीमा पुगेका संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावपछि आफ्नो जित सूनिश्चीत रहेको जनाउदै आफ्ना योजना तथा कार्यक्रमहरू सार्वजनिक गर्न लागेको बताए ।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक,आइसिसी सचिव र उपाध्यक्ष भएर अत्यन्त सफल कार्यकाल सम्पन्न गरिसकेका छन ।

उक्त कार्यक्रमको सञ्चालन नेपालका चर्चित कमेडी कलाकार सन्दिप क्षेत्रीले गर्दैछन् ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

One thought on “एनआरएनए अध्यक्षमा आरके शर्माले आज औपचारिक उम्मेदवारीको घोषणा गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *