मध्यपुर्व क्षेत्रीय संयोजकमा युएईबाट रमेश श्रेष्ठकोे उम्मेदवारी, ९ बुँदे प्रतिबद्धता सार्वजनिक

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि युएईबाट युवा व्यवसायी रमेश श्रेष्ठले मध्यपूर्व क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन ।

श्रमिकको हकहितमा सहभागिता एनआरएनए मध्यपूर्वको आवश्यक्ता भन्ने मूल नारासहित उम्मेदवारी दिएका श्रेष्ठले आगामी कार्यकालका लागि ९ बुँदे प्रतिबद्धता जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन ।

लामो समयदेखि एनआरएन अभियानमा जोडिएका श्रेष्ठले एनआरएनए यूएईको सदस्य, उपाध्यक्ष हुँदै अध्यक्षको कार्यभार सम्हालिसकेका छन ।

श्रेष्ठले एनआरएनए मध्यपूर्वको नेतृत्वमा अवसर पाए यस क्षेत्रमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या समाधानका लागि अहोरात्र खट्ने प्रणसमेत गरेका छन ।

मध्यपूर्वमा रहेका एनआरएन अभियानका अग्रजहरु तथा साथीभाईहरुसँगको सल्लाहमा आफु आगामी कार्यकालमा मध्यपूर्वी क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउदै श्रेष्ठले भने ‘थोरै बोलेर धेरै काम गर्ने योजनासहित अघि बढेको छु, मध्यपूर्वमा रहनुभएका सम्पूर्ण एनआरएन अभियानमा आवद्ध अग्रज तथा साथीभाईहरुले साथ, सहयोग र समर्थन गरिदिनुहुनेछ भन्ने आशा गरेको छु ।’

यस्ता छन श्रेष्ठको प्रतिबद्धता

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *