मध्यपुर्व संयोजकमा राजेन्द्र अर्यालले घोषणापत्रसहित दिए पुनः उम्मेदवारी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौं महाधिबेशन तथा विश्व सम्मेलनका लागि साउदी अरवबाट मध्यपुर्वमा रहेका नेपालीहरुका सम्पुर्ण समस्यामा सहकार्य तथा नेतृत्व गर्ने घोषणापत्रसहित साउदी अरवबाट राजेन्द्र अर्यालले (जोन) पुनः मध्यपुर्व संयोजकमा उम्मेदवारी दिएका छन् ।

हाल मध्यपुर्व संयोजकको भूमिका निर्वाह गर्दै आएका अर्यालको चाहनालाई मध्यपुर्ववासी नेपालीले स्वभाविक र सकारात्मक रुपमा समेत लिएका छन । उनी मध्यपुर्वमा रुचाइएका एनआरएनए अभियन्ताका रुपमा चिनिन्छन ।

एनआरएनए साउदीमा स्थापनादेखि नै साधारण सदस्यका रुपमा अभियानमा प्रवेश गरेका अर्यालले संघमा शालिन,क्षमतावान र कर्मशील अभियन्ताको छवि बनाउदै आएका छन । उनी एनआरएनए साउदीको संस्थापक सदस्य लगाएत विभिन्न पदमा रहेर एक कार्यकाल सफल मध्यपुर्व संयोजक भएर आफ्नो कार्यकाल सम्पन्न गरिसकेका छन । उनले एनआरएनए अभियानमा मध्यपुर्व क्षेत्रीय संयोजक रही क्षेत्रीय बैठक कार्यकम गरेर एनआरएनएको मुद्दाहरूलाई संस्थागत गर्दै सम्बधित निकायमा सम्म पुर्याउन उल्लेखनीय भूमिका खेलेका थिए।

अर्यालले बिभिन्न पदमा रहेर काम गर्दा उनी मध्यपुर्व नेपाली मात्र नभइ सिंगो गैरआवासीय नेपालीको मनमा बस्न सफल भएका छन ।
सामाजिक हित र संस्थालाई मजबुत बनाउन सबै शुभचिन्तक, अग्रज र एनआरएनए अभियन्ताहरुसँगको छलफलपछि आफुले पुनः मध्यपुर्व संयोजकमा उम्मेदवारी दिएको बताए । संघलाई विश्वभरका नेपालीको साझा संगठनको रुपमा अघि बढाउन,गैरआवासिय नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्दता, पर्यटन प्रर्वद्धन र विदेशमा रहेका नेपालीबाट स्वदेशमा लगानी गर्ने बाताबरण जुटाउन पहल गर्ने, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको सुनिश्चितालगायतका बुँदाहरु अर्यालले चुनावी एजेण्डामा अघि सारेका छन ।

केही समयपछि अर्यालले आफ्नो प्रमुख चुनावी एजेण्डा सहित उम्मेदवारी घोषणा गर्ने बताएका छन । अर्याललाई निर्विरोध मध्यपुर्व संयोजक बनाउन एनआरएनए अभियन्ताहरु लागेका छन ।

मध्यपूर्व संयोजक पदका उम्मेदवार अर्यालको घोषणा पत्र :

१, राहत तथा उद्वार कार्यमा सदैव तत्पर रहँदै स्वदेश फर्कने नेपालीहरुलाई पुनस्स्थापनाको लागि नेपाल सरकार र सरोकारवाला संग समन्वय गर्नेछु ।

२, बैदेशिक रोजगार ऐन २०६४ लाई पूर्ण रुपमा कार्यान्वयन गर्नरगराउन सरोकारवालाहरु संग पहल गर्नेछु ।

३, सामाजिक सुरक्षा कोषमा आबद्ध हुनलाई सम्पूर्ण आप्रवासी नेपालीहरुलाई सहजीकरण गर्नेछु ।

४, अन्य सामाजिक संघरसंस्था संग मिलेर सहकार्य गर्नेछु ।

५, अन्तर्राष्ट्रिय समन्वय परिषद र मध्यपूर्वका एनसिसिहरु संग सहकार्य गरेर कार्य योजना बनाई कार्यदिशा तय गर्नेछु ।

६, मध्यपूर्वबाट पर्यटकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्न पर्यटन प्रबर्द्धनका कार्यक्रमहरुको आयोजना गर्नेछु ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *