गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा. बद्री केसी एनआरएनए अभियान र आगामी महाधिबेशनको छलफलका लागि दक्षिण कोरिया पुगेका छन् ।

झण्डै एक साता जापानको जापानको भम्रण सकेर डा. केसी युवा उपाध्यक्ष रोशन थापासहित दक्षिण कोरिया पुगेका हुन् । उनीहरुसँग जापानकै सहकोषाध्यक्षका उम्मेदवार ददिवल खड्का पनि कोरिया पुगेका छन् ।

उनीरुलाई कोरियाको विमानस्थलमा एनआरएनए कोरियाका अध्यक्ष बुद्धि गुरुङ, आइसीसी सहकोषाध्यक्ष यज्ञराज सुवेदीलगायत कार्यसमितिका पदाधिकारीले स्वागत गरेका थिए ।

एनआरएनए अध्यक्ष डा.केसी युवा उपाध्यक्ष थापासहित पुगे दक्षिण कोरिया

एनआरएनएका कार्यकारी अध्यक्ष डा.केसीले कोरियामा रहेका नेपालीसँग एनआरएनए अभियान, आइसीसीले पछिल्लो समय गरेका कार्य तथा आगामी नेतृत्वका विषयमा छलफल गर्ने बताएका छन् ।

डा. केसीले आगामी कार्यकालका लागि अधुरा कार्य पुरा गर्नका लागि अध्यक्ष पदमै उम्मेदवारी दिने अनौपचारिक उद्घोष गरिसकेका छन् । आफ्नो जापान तथा कोरिया भ्रमणका बारेमा केसी भन्छन्–‘ अहिलेको जापान भ्रमणमा एनआरएनए अभियानका बारेमा जानकारी गराउन पाइयो, सबै शहरमा रहेका साथीहरुसँग आगामी नेतृत्वका विषयमा बहस पनि भयो ।’

एनआरएनए अध्यक्ष डा.केसी युवा उपाध्यक्ष थापासहित पुगे दक्षिण कोरिया

एनआरएनएको नेतृत्व गरिरहेका केसीले आफ्नो भ्रमणबाट एनआरएनए संस्थाप्रति त्यहाँ रहेका नेपालकिो नकारात्मक सोचाईलाई परिवर्तन गर्न सकेको बताउँछन् । कोरियामा रहेका नेपालीसँग बहस सकेर मलेसिया जाने कार्यक्रम रहेको बताएका छन् ।

डा. केसीसँगै आगामी कार्यकालका लागि युवा उपाध्यक्ष पदमा नै उम्मेदवारी घोषणा गरेका रोशन थापाको सक्रियता पनि बढेको छ । उनी पनि कोरिया हुँदै मलेसिया पुग्ने जनाएका छन् ।