एनआरएनएका युवा संयोजक बासिदलाई मातृशोक

news-details

गैरआवासीय नेपाली सघ अन्तर्राष्ट्रिय समन्वय परिषदका युवा संयोजक एबम् आगामी कार्यकालका लागि युवा उपाध्यक्षका उम्मेदवार अब्दुल बासिदलाई मातृशोक परेको छ ।

लामो समयदेखि नेपाल र भारतमा उपचार गराइरहेको अवस्थामा सोमबार उहाँको आमाको काठमाडौंमा मृत्यु भएको हो । मंगलबार गृह जिल्ला धनुषामा उहाँको अन्तिम विदाई गरिएको छ ।

बासिदसहित एक भाई र एक दाजु विदेशमा व्यवसाय गरेर सफलता कमाइरहेको अवस्थामा पछिल्लो समय आमाबुवा कै अनुरोधमा नेपालमा पनि कम्पनी स्थापना गरेका थिए । बासिद दाजुभाईले बेलाको ब्राण्ड नेपालमा ल्याएर बजार बिस्तार गरिरहेका छन् ।

बासिदले भावुक स्टाटस लेख्दै आमाको मृत्यु भएको जानकारी दिएका छन् । उनी लेख्छन –‘मेरो आमा– प्यारी आमा –छोराहरु बिदेसमा बस्दा नाति नातिनाले देश र गाउ न बिर्सोस भनेर आफु बिमार हुदा पनि नेपालमा कम्पनी विस्तार गराएर अन्तत हामीलाई छोडेर जानु भो ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *