हङकङबाट टिका गुरुङको एनआरएनए महिला सचिवमा उम्मेदवारी

news-details

विगत २७ वर्षदेखि हङकङमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय रहनु भएकी राधिका गुरुङ (टिका)ले एनआरएनएको आगामी कार्यकालका लागि महिला सचिव पदमा नै उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

वर्तमान कार्यसमितिमा महिला सचिव पदमा नै रहेर सक्रियरुपमा काम गरिरहनु भएकी गुरुङ एनआरएनए अभियानको उदीयमान महिला अभियान्ताका रुपमा चिनिनुहुन्छ । गुरुङ हङकङमा रहेका नेपालीहरुमाझ मात्र नभएर विश्वभर रहेका नेपालीहरु माझ परिचित हुनुहुन्छ ।

एनआरएनए अभियानमा काम गरेर देखाउने अभियान्ताको पहिचान बनाउनुभएकी गुरुङ संघको अभियानमा आफूले प्राप्त गरेको कार्यानुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा आगामी कार्यकालमा पुनः महिला सचिव पदमा नै जाने निर्णयमा पुगेको बताउनुहुन्छ ।

गुरुङको पाइला एनआरएनए अभियानमा क्रमिकरुपमा अगाडि बढिरहेको छ । एनआरएनए हङकङको सदस्य, कोषाध्यक्ष, महिला संयोजक, उपाध्यक्ष र निरन्तर दुई कार्यकाल अध्यक्षको जिम्मेवारी कुशलताकापूर्वक पुरा गर्नु भएकी गुरुङ अहिले आइसीसी महिला सचिवको जिम्मेवारीमा हुनुहुन्छ ।

एनआरएनए हङकङको नेतृत्वमा रहँदा गुरुङले सन् २०१८ मा पहिलो पटक हङकङमा एशिया प्यासिफिक रिजनल मिटिङ आयोजना गरेर नेपालका प्रतिनिधिसहित ३५ वटा राष्ट्रका एनआरएनए प्रतिनिधि, एनआरएनए अभियान्ता, अग्रजहरुको उपस्थितिमा ऐतिहासिक सम्मेलन गर्न सफल हुनुभएको थियो ।

त्यसपछि दोस्रो कार्यकालमा कोरोना महामारीमा उहाँको नेतृत्वमा एनआरएनए हङकङले गरेको सहायता अतुलनीय छ । त्यसबेला १७ लाख १९ हजार माक्स र १३० वटा अक्सिजन मेसिनसहित लगभग ४ करोड रुपैयाको डोनेशन उठाएर उहाँले नेपाल पठाउनु भएको थियो ।

नेतृत्वमा रहँदा कहिल्यै नथाक्ने गुरुङको सक्रियताबाट सबै लोभिने गरेका छन् । एनआरएनएमा विभिन्न पार्टीको झण्डा बोकेर नेतृत्वमा आउन नहुने तर्क राख्ने गुरुङ आफु भने विशुद्ध एनआरएनएको झण्डा बोकेर हिडिरहेको बताउनुहुन्छ । एनआरएनएबृतमा टिका गुरुङले परिचित उहाँ आगामी नेतृत्वका लागि सबैको रोजाईमा पर्ने सम्भावना धेरै छ ।

गुरुङ भन्नुहुन्छ –‘सबै अग्रज, अभियान्ता तथा साथीहरुको सल्लाह अनुसार आगामी कार्यकालका लागि महिला सचिवमा नै उम्मेदवारी दिने निर्णय गरेको छु ।’ इच्छाको पदभन्दा पनि संस्थालाई आवश्यक पर्ने पदमा जाने उहाँले पहिलेदेखि नै भन्दै आउनुभएको थियो ।

वर्तमान कार्यकालमा गुरुङले गरेको काम र एनआरएनए अभियानमा देखाएको सक्रियतालाई सबैले उच्चरुपमा मुल्यांकन गरेका छन् । महिला सचिवकोरुपमा आफ्नो अहिलेको कार्यकाल सफल भएको बताउँनुहुदै गुरुङ आगामी कार्यकालमा अझ धेरै काम गर्नेगरी सोही पदमा दोहोरिने मनशायमा पुगेको बताउनुहुन्छ ।

गुरुङ भन्नुहुन्छ –‘मैले पद मात्र ओगटेर बसिन । महिला सचिव सँगसँगै मलाई नेपाली सामान प्रवद्र्धन समितिको संयोजकको जिम्मेवारी दिइएको थियो । जसअनुसार मैले सबै रिजनमा कमिटी गठन गरेर परिणाममूखी छलफल कार्यक्रम गर्दा आएको निष्कर्षलाई नेपाल सरकारको सम्बन्धित निकायमा लेखेर पठाए, जुन विषय अहिलेको बजेट भाषणमा ४ वटा बुँदामा समेट्न सफल भयौ ।’

आफ्नो कमिटीको ‘मेड इन नेपाल मेकिङ नेपाल’ स्लोगनसहित नेपाललाई विश्वबजारमा कसरी पु¥याउन सकिन्छ भन्ने बारेमा ४ वटा बँुदाहरुमा बजेट भाषणमा आएकोमा उहाँ आफ्नो सफलता मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ –‘मैले यसलाई एनआरएनएकै ठुलो सफलता मानेको छु ।’

एनआरएनएको इतिहासमा पहिलो पटक नेपाल सरकारसँग थर्ट पार्टी एमओयु साइन गरेर एनआरएनएको महिला विभागले महिनामा ५० जना सडक बच्चाको लागि ७ लाख ५० हजार रुपैया पैसा पेमेन्ट गरिरहेको अवस्था छ । उहाँ भन्नुहुन्छ–‘हामीले ३ वर्षमा १०० जना बच्चाहरुको लागि साढे २ करोडको प्रोजेक्ट रन गरिसकेका छौ । यो प्रोजेक्टको लागि म आफै संयोजकको रुपमा काम गरिरहेको छु ।’

एनआरएनए अभियानमा आफुले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने गुरुङलाई पुनः महिला सचिवमा ल्याउन सबैको जोड रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *