एसिया प्यासिफिक संयोजकमा मलेसियाबाट हरि भट्टराईको उम्मेदवारी घोषणा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) पदमा मलेसियाबाट वर्तमान कार्यसमितिका उपसंयोजक हरिप्रसाद भट्टराईले उम्मेदवारी घोषणा गरेका छन ।

गैरआवासीय नेपाली संघ मलेसियाले आयोजना गरेको तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रममा भट्टराईले आफ्ना प्रतिवद्धतासहित क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनएको आगामी अक्टोरबरमा हुने ११ औं महाधिबेशनमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा गर्दै भट्टराईले एसिया प्यासिफिक क्षेत्रको आवाज बुलन्द बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भट्टराईले संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा आगामी २०२३–२५ कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताएका छन् ।
‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार, श्रमिक मैत्री एनआरएनए मेरो सरोकार’ भन्ने मुल मन्त्रका साथ क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गरेका भट्टराईलाई एनआरएनए मलेसियाले सर्वसम्मत क्षेत्रीय संयोजकमा पठाउने निर्णय गरिसकेको छ ।

एनआरएनए मलेसियामा रही लामो समयदेखि एनआरएनएका हरेक अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका उनले एनआरएनएजस्तो पवित्र संस्थामा लिनका लागि होइन दिन सक्नुपर्दछ भन्ने मान्यतालाई विश्वास राख्दछन ।
एनआरएनएको केन्द्रिय कार्यालय स्थापनामा आर्थिक सहयोगदेखि भूकम्पपीडित, बाढिपीडित हुँदै कोभिड पीडितसम्मलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आएका भट्टराईले एनआरएनए मलेसियाको २०१९–२१ कार्यकाल सफलतापुर्वक सम्पन्न गरेर सर्वसम्मत नेतृत्व हस्तान्तरण गरेका थिए ।

एनआरएनए मलेसियाको नेतृत्वमा रहँदा भट्टराईले आफ्नै कार्यकालमा एनआरएनए मलेसियाको कार्यालय स्थापना गर्न सफल भएका थिए । उनी आफैले मलेसियन रिंगेट ५० हजार (नेपाली रु. १४ लाख रुपैयाँ) जम्मा गरेर स्थापना गरेको कल्याणकारी कोषबाट हजारौ नेपालीलाई सहयोग गर्दै आईरहेका छन । कोभिडको महामारीमा उनले नेतृत्व गरेको संघले ६ हजार ३ सय भन्दा बढि नेपालीलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गरेको थियो । सो अभियानले एनआरएनए मलेसियाको शाख उचाईमा पु¥याउन सफल भएको थियो ।

भट्टराई एनआरएनए मलेसियाको नेतृत्वमा आएपछि भए गरेका कामको उच्च मुल्यांकन मलेसियामा रहेका नेपाली, नेपाली दूतावास मलेसिया तथा एनआरएनए आइसीसीले गरेको छ । एनआरएनएको २०२१–२३ कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदा समेत एनआरएनए अभियानमा उनको सक्रियता बढेको छ ।

एसिया प्यासिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा पछि उनी आफ्नो पक्षमा माहोल बनाउन केही दिनमा नै जापान, कोरिया, हङकङको भ्रमणमा निस्कदैछन् । एनआरएनएमा स्पष्ट, पारदर्शी र सक्षम व्यक्तित्वको परिचय बनाएका भट्टराईको पक्षमा माहोल बनिरहेको छ ।

यस्ता छन उनका प्रतिवद्धताहरु :

– एनआरएनए एसिया प्यासिफिकका हरेक गतिबिधीहरुलाई श्रमिकमैत्री बनाउन पहल गर्ने ।

– नेपाल र एसिया प्यासिफिक क्षेत्रबीचको सम्बन्ध श्रममैत्री मात्र नभएर व्यापारिक, पर्यटन तथा आर्थिक सम्बन्धसहितको बनाउन ।

– एसिया प्यासिफिकका देशहरुमा एनआरएनएको सञ्जाल विस्तार गर्न (जस्तैः भियतनाम, इन्डोनोसिया, फिलिपिन्समा एनसीसी गठन गर्न) ।

– नेपालका लागि प्रमुख श्रम गन्तब्य मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुईदेशबीचको सम्बन्ध स्थापित गराइ रोजगारी सहज बनाउन पहल गर्न ।

– विदेशमा रहेका नेपाली नियोगसंग एनआरएनको सहकार्यलाई थप बलियो बनाउन ।

– नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई एसिया प्यासिफिक तथा विश्व सामु चिनाउनका लागि गैरआवासिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गर्न ।

– श्रमिक गन्तब्य देशमा जाने तथा आउने हवाई टिकट सस्तो र सुलभ बनाउन पहल गर्न ।

– एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने कार्यक्रम गर्नुका साथै विदेशमा नेपाली भाषा, कला–संस्कृति जगेर्नाका लागि अभियान चलाउन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *