एनआरएनए युवा उपाध्यक्ष भएपछि बासिदको आफ्नो ५ लाखसहित एक करोडको युवा कोष बनाउने प्रतिवद्धता

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान युवा संयोजक अब्दुल बासिदले युवा उपाध्यक्ष पदमा आफु बिजयी भएपछि एनआरएनए युवा कोषमा ५ लाख रुपैया जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् ।

आगामी कार्यकालका लागि युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका बासिदले युवा कोषको प्रभावकारिता बढाउनका लागि ५ लाख उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् । उनले आफैबाट रकम संकलनको थालनी गरेर सहयोगीहरुबाट एक करोडको युवा कोष बनाई एनआरएनएभित्र युवा केन्द्रित काम गर्ने जनाएका छन् ।

युवालाई स्वदेशमा नै उद्यमशिल बन्न सिकाएर उदाहरणीय बनेका बासिद एनआरएनए अभियानलाई निरन्तरता दिने उद्धेश्यका साथ युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउँछन् ।

एनआरएनएभित्र युवाका लागि पद मात्र दिइयो तर काम गर्ने जिम्मेवारी नदिएको हुँदा अव जिम्मेवारीसहित काम गर्न एनआरएनए युवा उपाध्यक्षमा उम्मेदवारी दिने बासिदको भनाई छ ।

बासिद भन्छन्–‘एनआरएनएभित्र युथका लागि पदहरु चै बाँडियो तर काम गर्ने जिम्मेवारी केही दिइएन, अव एनआरएनएभित्र युथका लागि काम गर्ने मेरो धोको पुरा गर्न युवा उपाध्यक्षमा उम्मेदवारी दिन्छु र एक प्रभावकारी युवा कोष बनाएर काम गर्नेछु ।’

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको बासिदको भनाई छ । बासिद भन्छन्–‘ आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

वर्तमान कार्यसमितिमा रहेर स्वदेश तथा विदेशमा रहेका युवाहरुको अवस्था बुझ्न पाएको हुँदा अव रिजल्ट निकाल्ने गरि काम गर्ने बासिदको प्रतिवद्धता छ ।

बासिदले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्धालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

बासिदका एनआरएनएमा युवाको बृहत् सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता उनका मूल मुद्दा हुन् ।

विगत लामो समयदेखि कतारलाई कर्मथलो बनाएका बासिद सफल व्यवसायी मात्र होइनन्, युवाहरुको ढुकढुकीसमेत हुन् । एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्स भित्राएका बासिदले सयौं नेपालीलाई रोजगारी दिएका छन् ।

एनआरएनए कतार र एनआरएनए आईसीसीलगायत विभिन्न संघसंस्थामा रहेर कुशलतापूर्वक जिम्मेवारी निभाइसकेका बासिदले एनआरएनए अभियानमा लागिरहँदा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्ने, विदेशमा रहेका श्रमिकको आवाज बुलन्द बनाउने बताएका छन् ।

पछिल्लो समय कर्मथलो कतार, युके भन्दा पनि नेपालमा नै आफ्नो कम्पनी बिस्तारमा समय दिइरहेका बासिद विदेशमा रहेका हरेक नेपालीहरुको लगानी स्वदेशमा ल्याएर उद्यमशिल बन्नका लागि प्रेरित गरिरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *