एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने कोषाध्यक्ष सुनिल साहको घोषणा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षमा अमेरिकाबाट आइसीसी कोषाध्यक्ष सुनिल साहले उम्मेदवारी दिने घोषणा गरेका छन ।

साहले संघको आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । उनी लामो समयदेखि गैरआवासीय नेपालीका हक अधिकारका लागि सक्रिय रहेका अभियन्ता हुन ।

साह एनसीसी अमेरिकाको पुर्व अध्यक्ष र बर्तमान आइसीसी कोषाध्यक्ष हुन । लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाएका साहले अमेरिकामा रहेर आफूले सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने बताएका छन ।

उनले आफूले बटुलेको अनुभव र सिपलाई एनआरएनए अभियानमा प्रयोग गर्न केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर संघलाई अर्को उचाइमा पु¥याउने उद्देश्य राखेको बताएका छन । सबै गैरआवासीय नेपालीहरु र अभियन्ताहरु सँगको सल्लाह र सुझावका आधारमा उपाध्यक्षमा उम्मेदवारी दिएको र सबैबाट साथ, सहयोगको आशा राखेको साहले बताएका छन् ।

साहले गैरआवासीय नेपालीको परिचय नै अन्योलमा रहेको बताएका छन् । उनले भनेका छन्–‘हामी आफुलाई गैरआवासीय नेपाली हौ भन्छौं, वास्तवमा को हौं त हामी ? कसलाई गैरआवासीय नेपाली भन्ने ? प्रश्न गर्ने बेला आएको छ, हामी कतै रुमली रहेका त छैनौ ? यो रुमल्याइ्मा हाम्रो असली मुद्धा दिन प्रति दिन कमजोर त भै राखेको छैन ?’

साहले भनेका छन्–‘हामीले एनआरएनए स्थापनादेखि उठाउँदैं आएको माग र लिएको लक्षित गन्तव्य नजिक छौं, यस महा–अभियानलाई हामी थप उर्जाका साथ टुङ्गोमा पु¥याउनेछौं । नेपाली नागरिकताको निरन्तरता नैं हाम्रो प्रमुख माग हो ।’

उनले आफू यस अभियानमा केही लिन नभई दिन आएकाले आफ्नो अभियानलाई साथ दिन सम्पुर्ण गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *