एनआरएनए उपाध्यक्षमा न्यौपाने र आरसीमा भट्टराईलाई पठाउने एनसीसी मलेसियाको निर्णय

news-details

गैरआवासीय नेपाली संघको (एनआरएनए) आगामी अक्टोबरमा हुने महाधिबेशनका लागि आइसीसी उपाध्यक्षमा खगेन्द्र न्यौपाने र एसिया प्यासेफिक संयोजक (आरसी) मा हरिप्रसाद भट्टराईलाई पठाउने निर्णय एनआरएनए एनसीसी मलेसियाले सर्वसम्मत निर्णय गरेको छ ।

आइतबार क्वालालम्पुरमा बसेको एनआरएनए मलेसियाको बैठकले केन्द्रीय उपाध्यक्षमा न्यौपाने र आरसीमा भट्टराईलाई उठाउने निर्णय गरेको हो ।

न्यौपाने हाल एनआरएनको सचिव छन भने भट्टराई एसिया प्यासेफिकका उपसंयोजक छन् । एनआरएनएले मलेसियाले आइसीसीमा आफ्नो देशको प्रतिनिधित्व होस् र आफ्ना मुद्धालाई बुलन्द बनाउनका लागि यस्तो निर्णय गरेको बताएको छ ।

एनआरएनए मलेसियाका १ सय ६७ जना डेलिगेट्स रहेकोले एनआरएनएको नेतृत्वका सवालमा मलेसियाको महत्वपुर्ण भुमिका रहन्छ ।
‘आज बसेको बैठकले उपाध्यक्षमा खगेन्द्र न्यौपाने र एसिया प्यासेफिक संयोजकमा हरि भट्टराईलाई उठाउने निर्णय गरेको छ,’ एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले जानकारी दिए ।

एनआरएनए मलेसियाले आगामी कार्यकालका लागि थापाको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । वैदेशिक रोजगारको मुख्य गन्तब्य रहेको मलेसियाको एनआरएनएलाई छुट्टै तबरबाट हेरिन्छ ।

एनआरएनएका सचिव न्यौपाने एनआरएनए मलेसियाको उपाध्यक्ष, अध्यक्ष, आईसिसि सदस्य, एशिया प्याशिफिक सह–संयोजक भइसकेका छन् ।

न्यौपानेले मध्यपुर्व, मलेसिया, कोरिया, युरोपलगायत देशका लाखौ नेपालीहरुको मुद्दा उठाउन, उनीहरुको समस्याको समाधान गर्न, रेमिट्यान्सको सही प्रयोग गराउन, एक पटकको नेपाली सधैको नेपाली कायम राख्ने लगायतका मुद्दा आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका छन ।

मलेसिया र नेपालका सफल ब्यावसायी न्यौपाने एटी ग्रुप अफ कम्पनी मलेसियाका निर्देशक, बिकास हाईड्रोपावर कम्पनीका अध्यक्ष, बुढीगण्डकी हाईड्रोपावर सुपर माछाखोलाका अध्यक्ष, स्मार्ट होली डे प्रालि र ग्रीन लाइन ट्राभल्सका अध्यक्ष, भिनोलिभा हस्पिटालिटि प्रालिका अध्यक्ष रहेका छन् ।

वर्तमान एसिया प्यासिफिक उपसंयोजक भट्टराई मलेसियामा कर्मथलो बनाइरहेका छन् ।  एनआरएन अभियानमा अझ काम गर्न, श्रमिक मैत्री एनआरएन बनाउन र एसिया प्यासिफक क्षेत्रका नेपालीहरुका मुद्धालाई स्थापित गर्न आफ्नो प्रमुख उदेश्य रहेको भट्टराईको भनाई छ ।

एनआरएनए मलेसियाको पुर्व अध्यक्ष रहेका भट्टराईले आफ्नो कार्यकालमा एनआरएनए मलेसियाको शाख थप उचाईमा पु¥याउनुका साथै सबैको मन मनमा एनआरएनए मलेसिया अनुभूत गराउन सफल भएका थिए ।

एनआरएनजस्तो पवित्र संस्थामा लिनका लागि होइन दिन सक्नुपर्दछ भन्ने मान्यता राख्ने भट्टराई मलेसियाका सफल नेपाली व्यवसायी हुन् ।
एनआरएनएको नयाँ नेतृत्व चयनका लागि आगामी अक्टोबर १७ तारिखदेखि २० तारिखसम्म काठमाडौंमा महाधिबेशन तथा विश्वसम्मेलन हुँदैछ ।

मलेसियाबाट एनआरएनए सचिव न्यौपानेले आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *