यूएईबाट एनआरएनए आइसीसी कोषाध्यक्षमा ठाकुर ढुंगानाको उम्मेदवारी घोषणा

मध्यपुर्व युवा संयोजकमा निरञ्जन सिलवालको उम्मेदवारी
news-details

गैरआवासीय नेपाली संघको आगामी नेतृत्वका लागि आइसीसी कोषाध्यक्ष पदका लागि एनआरएनए यूएईका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी अक्टोबरमा हुने एनआरएनएको ११ औं महाधिबेशनका लागि ढुंगानाले आइतबार यूएईमा रहेर जुममार्फत पत्रकार सम्मेलन गरी कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनए यूएईको अधिबेशन सफलतापुर्वक सम्पन्न गरेका ढुंगानाले आफुले एनआरएनए अभियानमा गरेका काम र अनुभवलाई थप उचाईमा पु¥याउनका लागि कोषाध्यक्ष पदमा जाने निर्णयमा पुगेको बताए ।

एनआरएनए अभियानमा लागेर ‘अतिथि देवो भव’ लगायत अन्य धेरै कार्यक्रममा सक्रिय सहभागी भएका ढुंगानाले आफ्नो कार्याअनुभव प्रस्तुत गरिसकेका छन् । उनले भनेका छन्–‘एनआरएनए यूएईको अध्यक्ष भएर गरेको काम र आइसीसीसँग नजिक भएर आफुलाई अगाडि बढाइरहँदा सबैको सल्लाह र सुझाव अनुसार आगामी २०२३–२५ कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु ।’
कोरोना महामारीका बेला श्रमिकहरुसँग नजिक रहेर काम गरेका ढुंगानाले विश्वभरका नेपालीमा आफ्नो सक्रियता देखाइसकेका छन् । दुई कार्यकाल आइसीसी सदस्य भएर एनआरएनए अभियानमा निखारिएका ढुंगाना सबैमा परिचित छन् ।

एनआरएनएको मर्म र विधिविधान अनुसार आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको जानकारी दिदै ढुंगानाले एनआरएनएमा आर्थिक पारदर्शिता र श्रमिकमैत्री कार्यक्रमलाई प्रमुख प्राथमिकता राख्ने जनाएका छन् ।

एनआरएनए अभियानमा आम श्रमिकलाई जोड्नका वैकल्पिक स्रोत जुटाएर समेट्ने योजना गरेको ढुंगानाको प्रतिवद्धता रहेको छ ।
केही दिनमा नै प्रतिवद्धता पत्रसहित अन्य देशमा रहेका एनआरएनएहरुसँग छलफल तथा भेटघाट गर्न निस्कने ढुंगानाको भनाई छ । आइसीसीमा यूएईको गरिमामय उपस्थितिका लागि सबैको सहयोगको अपील गरेका छन् ।

एनआरएनए आइसीसीको कोषाध्यक्षमा यूएईबाट नै रामेश्वर शाहले यस अगाडिनै जिम्मेवारी निभाई सकेका छन् ।
पर्यटन तथा ट्राभल्स क्षेत्रमा व्यवसाय गरिरहेका ढुंगानाको यूएई तथा नेपालमा लगानी रहेको छ ।

मध्यपुर्व युवा संयोजकका निरञ्जन सिलवालको घोषणा

एनआरएनएको आगामी कार्यकालका लागि मध्यपुर्व युवा संयोजकमा निरञ्जन सिलवालले उम्मेदावरी घोषणा गरेका छन् ।


एनआरएनए यूएईका उपाध्यक्ष तथा १५ महिना एनसीसीको कार्यवाहक अध्यक्ष भएर काम गरेको अनुभवका आधारमा युवा संयोजकका उम्मेदवारी घोषणा गरेको सिलवालको दावी छ ।

आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका सिलवालले एनआरएनए अभियानमा युवा पुस्ता तथा श्रमिकको आवाज बुलन्द बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

यूएईबाट आइसीसी कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढुंगाना र मध्यपुर्व युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका सिलवाललाई मध्यपुर्व संयोजक मनोज गोर्खाली, एनसीसी युएईका अध्यक्ष विकास शाही, विभिन्न संघसंगठनका प्रतिनिधिहरुले सफलताको शुभकामना दिदै विश्वभर रहेका नेपालीलाई सहयोग गरेर विजयी गराउन अनुरोध गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *