एनआरएनए युवा उपाध्यक्ष थापा भन्छन्–‘कक्षा दोहो-याउने भनेको अझ अब्बल बन्नका लागि हो’

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिबेशनमा युवा उपाध्यक्ष रोशन थापाले सोही पदमा उम्मेदवारी दिने निर्णय गरेका छन् । वर्तमान कार्यकालमा अपेक्षाकृत काम गर्न नभ्याएकाले आगामी कार्यकालमा रिजल्टसहितको काम गर्नका लागि सोही पदमा जाने निर्णय गरेको उनको दावी छ ।

वर्तमान कार्यसमितिमा थापासहित युवा उपाध्यक्षमा कतारका राज रेग्मी र युरोपका हिमाल गुरुङ रहेका छन छन् । ‘सबैको सल्लाह अनुसार आगामी कार्यकालका लागि कक्षा दोहो¥याउने निर्णय गरेको छु, कक्षा दोहो¥याउनु भनेको अझ अब्बल र निपुर्ण बन्नका लागि हो’ उनले युवा उपाध्यक्ष पद दोहो¥याउनुको कारण प्रष्ट पारेका छन् ।

विगत लामो समयदेखि जापान र अफ्रिकालाई आफ्नो कर्मथलो बनाएका थापा अनुभवी र सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन् । २ दशकअघि अध्ययनका लागि जापान पुगेका थापाले सफल व्यवसायीको परिचय बनाएका छन् ।

थापाले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गरेका छन् । उनी अटो मोबाइल र रियलस्टेट व्यवसायी हुन् ।

थापाले जापानमा इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गरेका छन् । नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी छ ।

थापासँग यसअघि एनआरएनए ताम्जिानियाको दुई कार्यकाल नेतृत्व गरेको अनुभव पनि छ । उनले एनआरएनए अफ्रिकी क्षेत्रको नेतृत्व समेत गरेका थिए ।

वैदेशिक रोजगारमा अफ्रिका गएका नेपालीहरुको अवस्थालाई नजिकबाट बुझेका थापा मध्यपुर्व र एसिया प्यासिफिकका मुद्धामा जानकार छन् । एनआरएनए अभियानमा रुचाइएका थापाले विश्वभरका एनआरएन माझ लोकप्रियता कमाएका छन् ।

एनआरएनएको संस्थागत विकासमा खरो आवाज उठाउन सक्ने थापा नेतृत्वमा आवश्यक रहेको सबैको बुझाई छ । उनलाई युवा उपाध्यक्षमा साझा उम्मेदवार बनाउनका लागि प्रयास भैरहेको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *