एनआरएनएको विश्व सम्मेलन आयोजनाका लागि उच्चस्तरीय समिति गठन गर्न परराष्ट्रमन्त्रीको निर्देशन

news-details

परराष्ट्रमन्त्री एन. पी. साउदले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने विश्व सम्मेलन आयोजनाका लागि उच्चस्तरीय आयोजक समिति गठनका लागि निर्देशन दिएका छन ।

संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा संघका अध्यक्ष डा केसीले आगामी अक्टोबरमा हुने विश्व सम्मेलन आयोजनाका लागि नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरकारी तथा नीजि संघसंस्थासहितको उच्चस्तरीय आयोजक समिति गठनका लागि अनुरोध गरेका थिए । लगत्तै परराष्ट्रमन्त्री एन।पी साउदले मन्त्रीस्तरीय उच्चस्तरीय आयोजक समिति बनाउन आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित महाशाखालाई निर्देशन दिएका हुन ।

गैरआवासीय नेपाली संघको सम्मेलनमा सरकारको तर्फबाट परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति हुने परम्परा रहँदै आएको छ ।

भेटका क्रममा कार्यकारी अध्यक्ष केसीसहित उपाध्यक्ष डिबी क्षेत्री, युवा संयोजक अब्दुल बाशिद, यूरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई, एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत, पूवं सल्लाहकार टी बि कार्की, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, एनआरएन डेभलप्मेन्ट फण्डका सिइओ अनलराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *