म नितान्त एनआरएनएको झण्डा बोकेर उपयुक्त पदमा आउँछु : टिका गुरुङ (भिडियोसहित)

news-details

विगत २७ वर्षदेखि हङकङमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय रहनु भएकी राधिका गुरुङ (टिका) एनआरएनए अभियानको उदयमान महिला अभियन्ता हुनुहुन्छ । एनआरएनए आइसीसीको महिला सचिवको जिम्मेवारी सफलतापूर्वक निभाइरहनु भएकी गुरुङ हङकङमा रहेका नेपालीहरुमा मात्र नभएर विश्वभर रहेका नेपालीहरु माझ परिचित हुनुहुन्छ । एनआरएनएमा वर्तमान महिला सचिव भएर सबैभन्दा बढि काम गरेर देखाउनु भएकी गुरुङ एनआरएनएको आगामी २०२३–२५ कार्यकालका लागि उपयुक्त पदमा जाने तयारीमा हुनुहुन्छ ।

गुरुङ एकाएक आइसीसी महिला सचिव हुनुभएको होइन, एनआरएनएको संस्थापन पद्धति र नियमलाई अनुशरण गर्दै गुरुङको पाइला एनआरएनएमा धमाधम अगाडि बढिरहेको छ । एनआरएनए हङकङको सदस्य, कोषाध्यक्ष, महिला संयोजक, उपाध्यक्ष र निरन्तर दुई कार्यकाल अध्यक्षको जिम्मेवारी कुशलताकापूर्वक पुरा गर्नु भएकी गुरुङ अहिले आइसीसी महिला सचिव हुनुहुन्छ ।

हङकङ सरकारबाट पनि सम्मानित भइसक्नु भएकी गुरुङले सामाजिक कार्यमा पु¥याएको योगदानको कदर स्वदेश तथा विदेशमा पाइरहनु भएको छ ।

एनआरएनए हङकङको नेतृत्वमा रहँदा गुरुङले सन् २०१८ मा पहिलो पटक हङकङमा एशिया प्यासिफिक रिजनल मिटिङ गराएर नेपालका प्रतिनिधिसहित ३५ वटा राष्ट्रका एनआरएनए प्रतिनिधि, एनआरएनए अभियन्ता, अग्रजहरुको उपस्थितिमा ऐतिहासिक सम्मेलन गर्न सफल हुनुभयो । त्यसपछि दोस्रो कार्यकालमा कोरोना महामारीमा उहाँको नेतृत्वमा भएको सहयोग अतुलनीय छ । १७ लाख १९ हजार माक्स र १३० वटा अक्सिजन मेसिनसहित लगभग ४ करोड रुपैयाको डोनेशन उठाएर उहाँहरुले नेपाल पठाउनु भएको थियो । नेतृत्वमा रहँदा कहिल्यै नथाक्ने गुरुङको सक्रियताबाट सबै लोभिने गरेका छन् ।

एनआरएनएमा विभिन्न पार्टीको झण्डा बोकेर नेतृत्वमा आउन नहुने तर्क राख्नुहुने गुरुङ आफु भने विशुद्ध एनआरएनएको झण्डा बोकेर हिडिरहेको बताउनुहुन्छ । एनआरएनए वृतमा टिका गुरुङले परिचित उहाँ आगामी नेतृत्वका लागि सबैभन्दा खोजीमा रहेको व्यक्तिमा पर्नुहुन्छ ।

गुरुङ भन्नुहुन्छ–‘मेरो इच्छाको पदभन्दा पनि संस्थालाई म कुन पदमा बस्दा राम्रो हुन्छ, संस्थाको लागि मैले काम गर्न सक्छु र संस्थाको हित हुन्छ त्यही पदमा जानेछु, संस्थालाई आवश्यकता परेको पदमा पक्कै पनि आउने मेरो विचार छ ।’
एनआरएनएको नेतृत्वका लागि धमाधम उम्मेदवारी दिनेको होडबाजी चलिरहँदा गुरुङ भने उपयुक्त समयको पर्खाइमा हुनुहुन्छ । वर्तमान कार्यकालमा उहाँले गरेको काम र एनआरएनए अभियानमा देखाएको सक्रियतालाई सबैले उच्चरुपमा मुल्यांकन गरेका छन् ।

एनआरएनए महिला सचिव गुरुङसँग एनआरएनएमा उहाँले गरेका काम र भावी योजनाका विषयमा रोजगार मञ्चले गरेको छोटो कुराकानी :

तपाईको महिला सचिवको आफ्नो कार्यकाल सकिन लागेको छ, तपाईले आफ्नो कार्यकाललाई कसरी समिक्षा गर्नुहुन्छ ?

धन्यवाद, म मेरो कार्यकालमा एकदमै सफल भएको र धेरै काम गर्न सकेको भन्न चाहान्छु । मैले २ कार्यकाल हङकङको अध्यक्ष रहेर सफल कार्यकाल पुरा गरेपछि २०२१÷२३ को कार्यकालमा आइसीसी महिला सचिव रहँदैगर्दा धेरै काम भएका छन् । हुन त अहिलेको कार्यकालमा धेरै पदाधिकारी रहेका छन्, सचिव मात्र पनि धेरै हुनुहुन्छ । तर, मैले पद मात्र ओगटेर बसिन । महिला सचिव सँगसँगै मलाई नेपाली सामान प्रवद्र्धन समितिको संयोजकको जिम्मेवारी दिइएको थियो ।

नेपालमा उत्पादन भएको सामानलाई विश्वबजारमा कसरी पु¥याउने भन्ने जिम्मेवारी पाएकोमा त्यो जिम्मेवारी मैले असाध्यै सहजढंगबाट निभाएको छु । सबै रिजनमा एउटा कमिटी गठन गरेर ती रिजनको संयोजकसहित २५ जनाको एड्भाइजर समिति गठन गरेर विभिन्न रिजनमा अन्तरक्रिया कार्यक्रम राख्यौ । त्यसमा नेपालमा उत्पादित सामाग्रीको विश्वबजारमा आवश्यकता, चुनौती र सम्भावनाका विषयमा अन्तक्रिया भएको थियो । त्यसमा विभिन्न देशहरुका राजदूतहरु, महावाणिज्यदूतहरु, रिजनवाइज नेपालका उत्पादन भएको सामाग्रीहरु सप्लाई गर्ने नेपाली व्यवसायीहरु र एनआरएनए एनसीसीका अध्यक्षहरु लगायत विभिन्न एनआरएन अभियान्तासहित सहभागी भएका थिए । विश्वका विभिन्न रिजनमा २ महिनाको अवधिमा अन्र्तक्रिया कार्यक्रम भए । त्यसको निष्कर्षलाई मैले नेपाल सरकारको सम्बन्धित निकायमा लेखेर पठाइसकेपछि अहिलेको बजेट भाषणमा ४ वटा बुँदामा त्यो विषय समेटिएको छ ।

मेरो कमिटीको स्लोगन थियो ‘मेड इन नेपाल मेकिङ नेपाल’ । त्यो स्लोगनसहित नेपाललाई विश्वबजारमा कसरी पु¥याउन सकिन्छ भन्ने बारेमा ४ वटा बँुदाहरुमा बजेट भाषणमा आएको छ । यसमा नेपाल सरकारलाई फेरि पनि धन्यवाद भन्न चाहन्छु । यसलाई मैले एनआरएनएकै ठुलो सफलता मानेको छु । अर्को कुरा अहिले भर्खर मात्रै गैरआवासीय महिला नेपाली विभागको एउटा प्रोजेक्ट गत जुलाईबाट संचालनमा आएको छ । एनआरएनएको इतिहासमा पहिलो पटक नेपाल सरकारसँग थर्ड पार्टी एमओयु साइन गरेर काम भएको छ । गैरआवासीय नेपाली संघको महिला विभागले युसेफ नेपालसँग थर्ड पार्टी एमओयु गरेर हामीले महिनामा ५० जना बच्चाको लागि ७ लाख ५० हजार रुपैया पैसा पेमेन्ट गरिरहेको अवस्था छ । हामीले ३ वर्षमा १०० जना बच्चाहरुको लागि साढे २ करोडको प्रोजेक्ट रन गरिसकेका छौ । यो प्रोजेक्टको लागि म आफै संयोजकको रुपमा काम गरिरहेको छु । त्यसमा पनि सल्लाहकार, कार्यसमिति तथा विभिन्न रिजनको इच्छुक व्यक्तिहरु सहभागी हुनुहुन्छ । यो कमिटी ३ वर्षसम्म रहने छ । यसको लागि सरकारसँग थर्ड पार्टी साइन गरेर मेघा प्रोजेक्टको रुपमा काम गरेको पहिलो पटक हो । मेरो कार्यकालमा महिला सचिव सँगसँगै मलाई दिइएको नेपाली गुड्स प्रोमोसन कमिटीको जिम्मेवारी र अहिले मैले स्ट्रीट चिल्ड्रेनको लागि गरेको अभियानमा हङकङबाट धेरै दाजुभाईहरुले सहयोग गर्नुभएको छ । उहाँहरु सबैलाई धन्यवाद दिन चाहान्छु । यसकारण मैले मेरो कार्यकाल एकदमै सफल भएको महशुस गरेकी छु ।

अहिलेको कार्यसमितिमा धेरै पद रहेका छन्, काम गर्ने सहज वातावरण भएन भन्नेहरु छन् तर तपाईले त धेरै काम गर्नु भएको रहेछ त ?

मलाई काम गर्ने वातावरण थिएन भन्ने लाग्दैन । काम गर्नलाई कोभिड पनि हटिसकेको थियो । कतिपय काम गर्दा नेपालमै पुग्नुपर्छ भन्ने पनि छैन । अहिले जुमबाट पनि मिटिङहरु गर्न सकिन्छ । नेपालमा उत्पादन भएको सामाग्रीलाई कसरी विश्वबजारमा पु¥याउन सकिन्छ भन्ने अन्र्तक्रिया जुम प्रविधिबाट नै गरेर उपलब्धि पाउन सकियो । बजेट भाषणमै हामीले उठाएका ४ वटा विषय परेका छन् । मनमा लागिसकेपछि काम गर्नलाई यो छैन, त्यो छैन, समय छैन भन्ने बहाना मात्र हो । काम गर्ने अवसर धेरै थियो ।

तपाई एनआरएनए अभियानमा सक्रिय देखिनुहुन्छ, तपाईको २०२३–२५ कार्यकालको लागि कस्तो योजना छ ?

गैरआवासिय नेपाली अभियानबाट म कहिले पनि टाढा रहन सक्दिनँ । सन् २००६ बाट एनआरएनए एनसीसी हङकङ हुदै अहिलेसम्म लगभग १७–१८ वर्षको अवधिमा मैले एनआरएनएमा विभिन्न पदमा बसेर जिम्मेवारी निर्वाह गरिसकेको छु । एनसीसी हङकङको अध्यक्ष रहँदै गर्दा म आइसीसी सदस्यमा आउछु भन्दा अग्रजहरुले नै अफर गरेर महिला सचिवको जिम्मेवारीमा जान प्रोत्साहन दिनुभयो र उहाँहरुले अहिले नै मलाई बिश्राम लिन दिनुहुन्न । मलाई दिएको जिम्मेवारी म एकदमै खटिएर पुरा गर्छु र यसमा मेरो प्रयास रहन्छ । काम गर्ने व्यक्तिलाई अभियानबाट कहिल्यै पनि टाढा राख्नु्हुन्न । अभियानमा जोडिएर आउने मेरो इच्छा पनि छ । मैले यही पदमा जान्छु भनेर घोषणा गरिसकेको छैन । सबैजनाले तपाई किन चुप लागेर बस्नुभएको आउनुहोस् भन्नुहुन्छ । सबै अग्रज साथीभाई, शुभचिन्तकहरुको फोन आइरहेको छ, म्यासेज आइरहेको हुन्छ तर म चाँहि के भन्छु भने मेरो इच्छाको पदभन्दापनि संस्थामा म कुन पदमा आउदा राम्रो काम गर्न सक्छु र यसले संस्थाको हित हुन्छ त्यही पदमा जानेछु, संस्थालाई आवश्यकता परेको पदमा पक्कै पनि आउने मेरो विचार छ ।

म चाँहि के भन्छु भने म एनआरएनए अभियान्ता हुँ, पदमै बसेर काम गर्नुपर्छ भन्ने पनि छैन । अब बिसाउनुहोस् भन्दा पनि म बिसाउन तयार छु । संस्थाको हितको लागि म सजिलो व्यक्ति पनि हुँ । संस्थाको हितको लागि मैले गर्न सक्ने र मेरो क्षमता कहानिर छ म त्यही पदमा उठ्नेछु ।

तर, एनआरएनएमा त दलगत प्यानल वा आर्शिवाद आवश्यक छ भनिन्छ, एनआरएनए अभियानलाई धमिल्याउने यो प्रबृति कहिलेसम्म रहला ?

त्यो चाँहि ठिक होइन । किनभने १० औं महाधिवेशन पनि राजनितिक हस्तक्षेपमा परेर हामीले समयमा अधिवेशन गर्न सकिएन । त्यस्तो प्रकृया हटाउनुपर्छ । एनआरएनए एउटा सामाजिक संस्था हो । हामी सामाजिक अभियन्ता हो । हामीले संस्थामा लिन जाने होइन दिन जाने हो । त्यसकारण पार्टीको झण्टा बोकेर आउन हुँदैन भन्छु म । सरकारसँग जोडिएर काम गर्नुपर्छ तर राजनितिक हस्तक्षेप हुनुहुँदैन । मैले राजनितिको झण्डा बोकेको छैन, म एनआरएनएको झण्डा बोकेर हिड्ने व्यक्ति हुँ । म नितान्त एनआरएनएको झण्डा बोकेर उपयुक्त पदका लागि आउनेछु ।

एनआरएनएमा धेरै बिकृतिहरु भित्रिए, अवको नेतृत्व कस्तो आउनु पर्छ ?

एनआरएनए बुझेको र लामो समय काम गरेको व्यक्तिले एनआरएनएको नेतृत्व लिनुपर्छ । किनभने धेरै समय एनआरएनएमा बसेर धेरै बुझेको व्यक्ति जसले आइसीसीमा विभिन्न पदमा बसेर काम गरिसक्नुभएको छ भने पक्कै पनि एनआरएनएको शाखलाई माथि पु¥याउछ । त्यसकारण होडबाजी गरेर अगाडि नबढौ । संस्थाको विधि विधान अनुसार जसले संस्था हाकेर एनआरएनएलाई अझै उच्च स्थानमा पु¥याउन सक्छ त्यस्तो अभियन्ता, लिडरशिपको पावर भएको व्यक्ति अबको एनआरएनएमा आउनुपर्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *