एनआरएनए उपमहासचिबमा अष्ट्रेलियाबाट कृष्ण गिरीको उम्मेदवारी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को यही अक्टोवरमा हुन गैरहेको ११ औं महाधिवेशनमा अष्ट्रेलियाबाट कृष्ण गिरीले उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन ।

एनआरएनका यूवा अभियन्ता एवं एनआरएनए एनसीसीका पूर्व युवा संयोजकसमेत रहेका गिरीले आफनो अनुभब, दक्षता एवं बिज्ञतालाई संस्थाको पदिय जिम्मेवारीमा बसी योगदान गर्न सकिने बिश्वासका साथ नयाँ सोच र जोशसहित संस्थाको रुपान्तरणका लागि आफनो उम्मेदवारी रहेको बताएका छन ।

संसारभर छरिएर रहेका एनआरएन अभियन्ता, अग्रज एवं साथीहरुको सल्लाह सुझाब पछि उपमहासचिब पदमा उम्मेदवारी दिने निश्कर्षमा पुगेको गिरीले बताए । ‘एनआरएनएको संस्थागत सुदृढिकरण, स्मार्ट एनआरएनए र संसारभर रहेका सबै नेपालीको साझा संस्थाकोरुपमा एनआरएनएलाई रुपान्तरण गर्न उपमहासचिव पदमा उम्मेदवारी दिएको छु, आशा छ यहाँहरु सबैको साथ, सहयोग र समर्थन प्राप्त हुनेछ ।’

सन २०१३ मै एनआरएनए आईसीसीको यूवा संयोजक भएर कार्य गरेका उनले प्रवासमा रहेका दोश्रो पुस्तालाई नेपाल र नेपालीँसंग जोडन सुरु गरेको “डलर १ कापी र कलम” परियोजनाले त्यसताका निक्कै चर्चासहित सफलता पाएको थियो ।

एनआरएनएमा बोल्ने भन्दा बढी काम गर्नेको पहिचान बनाएका गिरीले एनआरएनए एनसीसी अष्ट्रेलियाको कार्यसमिति सदस्य, सल्लाहकार, आईटी संयोजक, एनआरएनए आईसीसी सातौ क्षेत्रिय सम्मेलनको सफल आयोजना, सिड्नी नेपाल फेस्टिभल आयोजना, एनआरएनए भवन निर्माणका लागि आर्थिक संकलन, सामाजिक कल्याण कोष स्थापना तथा आर्थिक संकलन लगायतका परियोजनामा उल्लेखनिय एवं मुख्य कार्य सम्पादन गरेका छन ।

गिरी सन २०११ देखि निरन्तर आईसीसी र एनसीसीका बिभिन्न समितिमा बसेर कार्यसम्पादन गर्दै आएका छन । हाल अन्तर्राष्ट्रिय झापाली समाजको सल्लाहकार समेत रहेका उनि झापाली समाज अष्ट्रेलियाको संस्थापक पनि हुन ।

बिद्यार्थी जिवनदेखिनै राजनितिमा जोडिएका गिरीमा त्रिचन्द्र क्याम्पस स्ववियूमा कार्य गर्दै जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्ष समेत भएर कार्य सम्पादन गरेको अनुभव रहेको छ । पेशाले इन्जिनियर रहेका गिरीले संस्थाको आन्तरिक सुधार र नितिगत कार्यका लागि थप योगदन गर्न सक्ने स्पष्ट देखिन्छ ।

१० बर्ष भन्दा बढि समय नेपाली भिजन अष्ट्रेलियाको प्रकाशक एवं सम्पादक भएर कार्य गरेको अनुभब संगालेका उनिमा डिजिटल टेक्नोलोजि एवं आईटिमा समेत निपूर्णता रहेको छ । अष्ट्रेलिया राज्य सरकारको शिक्षा बिभागमा आईटि स्पेस्लिष्टका रुपमा कार्यरत गिरीले कोभिडका बेला प्रवासमा रहेका नेपाली समुदाय र अभियन्ताहरुलाई टेक्नोलोजिका माध्यमबाट जोडन भुगोलले छेक्दैन भन्ने अभियानमा समेत कार्य गरेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *