एनआरएनए प्रतिनिधीमण्डल र प्रमुख निर्वाचन आयुक्तबीच भेट

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधीमण्डल र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाबीच भेटवार्ता भएको छ ।

संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधीमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेटवार्ता गरेको हो । निर्वाचनमा आयोगमा भएको भेटमा संघका कार्यकारी अध्यक्ष केसीले विदेशमा रहेका नेपालीको मताधिकारको अधिकार कार्यान्वयनमा भइरहेको पछिल्लो प्रगति सम्बन्धमा चासो व्यक्त गरेका थिए ।

उक्त भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । आयोगले सम्बन्धित देशका सरकारी निकायसहित गैरआवासीय नेपालीसँग पनि सहकार्य र समन्वय गरेर मतदाता नामावली संकलन गर्ने उनले बताए । त्यसका लागि गैरआवासीय नेपाली संघले सहकार्य, समन्वय र सहजीकरण गर्नुपर्ने आयुक्त थपलियाले बताए । नामावली संकलन लगायतका लागि आवश्यक कानूनसहित केही आन्तरिक तयारी पूरा गरी आयोगले छिट्टै काम सुरु गर्ने उनको भनाई थियो ।

सो अवसरमा संघका कार्यकारी अध्यक्ष केसीले संघका विभिन्न देशस्थित राष्ट्रिय समन्वय परिषद् र एनआरएनका प्रतिनिधि तथा अभियन्तामार्फत आयोगको काममा सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

भेटमा आयोगका उपसचिव सूर्यप्रसाद गौतम, संघका प्रवक्ता सोम सापकोटा र सरोज दाहालको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *