एनआरएनए उपाध्यक्षमा अष्ट्रेलियाबाट उपमहासचिव गणेश केसीको उम्मेदवारी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११ औं महाधिवेशनमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी दिने भएका छन । वर्तमान कार्यसमितिमा उपमहासचिवको जिम्मेवारीमा रहेका केसीले केहि दिनमै आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी घोषणाको तयारी थालेका हुन ।

गैरआवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आएका केसीले विश्वभर रहेका एनआरएन अगुवा तथा अभियान्ताहरुको सुझाव, सल्लाह तथा आकंक्षा अनुसार आगामी कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा आफु पुगेको बताएका छन ।

विगतदेखि नै गैरआवासीय नेपाली र मुलुक समृद्धिको मुद्धा आफुहरुले बोक्दै आएकोमा यसका अलवा यस अभियानमा लाग्नेहरुबीच भावनात्मक सम्वन्ध स्थापना र बलियो संस्था निर्माणका लागि आफुले आगामी कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी दिने निधो गरेको केसीले बताए ।

‘एनआरएन अभियानमा रहेका सबैको सम्बन्धलाई प्रगाढ बनाउँदै संस्थालाई दरिलो बनाउने र विश्वभर छरिएर रहेका सबै नेपालीलाई यस अभियानमा जोडने दृढ संकल्पसहित उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ’, केसीले भने –‘मेरो ईच्छा सेवाग्रीही भावनाले संस्थामा कार्य गर्न जाने भएकाले मैले हिजो गरेका कार्यलाई हेरेर पनि मलाई सबैले सहयोग गर्नु हुन्छ भन्ने कुरामा आशाबादी छु ।’

सन् २००७ देखि एनआरएन अष्ट्रेलिया कार्यसमिति सदस्य भएर कार्य सम्पादन गर्दै अनुभव बटुलेका केसीले एनएसडब्लु स्टेट संयोजक, एनआरएनए अष्ट्रेलियाको दुई कार्यकाल अध्यक्ष, आईसीसी सदस्य हुदै वर्तमान कार्यसमितिमा उपमहासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन ।

हाल एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटिको संयोजकको भूमिकामा रहेका केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरणसहितको सीपमूलक कार्यक्रम समेत सञ्चालन हुँदैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *