एनआरएनए महासचिवमा गौरीराज जोशीकै निरन्तरता !

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव गौरीराज जोशीले आसन्न ११ औ महाधिवेशनमा महासचिवमै उम्मेदवारी दिने भएका छन ।

संसारभरका गैरआवासीय नेपालीहरूको सुझाव अनुसार आफु पुनः महासचिवमा दोहोरिने निर्णयमा पुगेको जोशीले बताए ।

सन् २००५ देखि गैरआवासीय नेपाली अभियानमा जोडिएका जोशीले आफू पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताउँदै एनआरएन अभियानलाई अझ सुदृढ, संगठित तथा शशक्त बनाउन पुनः महासचिवमै रहेर काम गर्ने इच्छा जाहेर गरेका हुन ।

‘एनआरएन अभियानमा जोडिएदेखिनै संस्थाले दिएको जिम्मेवारी निर्वाहमा मैले गरेका प्रयत्न यहाँहरु सबैले प्रष्ट देखिरहनुभएको छ’ जोशीले भने –‘संस्थाप्रति केहि गरौ भन्ने हुटहुटीलाई अझ शशक्तरुपमा अघि बढाउन र एनआरएनएलाई विश्वभर रहेका सबै नेपालीको साझा र दीगो संस्था बनाउने संकल्प पुरा गर्न पुनः महासचिवमै दोहोरिने निर्णय गरेको छु, विगतमा जस्तै यहाँहरु सबैको साथ, सहयोग र समर्थन पाउनेमा आशावादी छु’ ।

उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्दामा केन्द्रीत रहन संघका इच्छुक उम्मेदवारहरूलाई अपीलसमेत गरेका छन्।

‘कुरा मात्र होइन काम गरेर प्रमाणित गर्नुपर्छ,’ जोशीले भने, ‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवस्यकता हो।’

एनआरएनएको नेतृत्वमा आउने हरकोही व्यक्तिले नेपाल र नेपालीलाई केन्द्रबिन्दू राखेर सकारात्मक काम गर्नुपर्नेमा उनको जोड छ।

एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार हुन्– जोशी । आगामी अक्टोबरमा हुने संघको चुनावमा पहिलो पटक प्रतिनिधिले विदेशमै बसेर यसै प्रविधिमार्फत भोट हाल्दैछन् ।

जोशी बौद्धिक तथा युवामाझ लोकप्रिय मानिन्छन्। अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी मानिने उनी लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय र सफल छन्।

चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए। उनले अमेरिकामै आइटीको अध्ययन पूरा गरे। र, पछिल्लो समय उनी आइटीबाहेक रियल स्टेटको काररेबारमा पनि संलग्न छन्।

उनको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन्।

सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसकेका छन्। उनी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य हुन्।

यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक, आइसीसी सचिव हुदै हाल महासचिवको जिम्मेवारीमा छन ।

महासचिव पदमै अमेरिकाबाट बुद्धीसागर सुवेदी र बेल्जियमका गंगाधर गौतमले इच्छा जनाएका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *