एनआरएनए फाउण्डेसनको अध्यक्षमा राम प्रताप थापा नियुक्त
- साउन २६, २०८०
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न गठन गरेको एनआरएनए फाउण्डेसनको अध्यक्षमा रामप्रताप थापा नियुक्त भएका छन ।
फाउण्डेसनका संस्थापक अध्यक्ष जीवा लामिछानेले राजिनामा दिएपछि पद रिक्त थियो।
बिहीवार बसेको फाउण्डेसनको बैठकले एनआरएनएका संस्थापक समेत रहेका जर्मनी निवासी थापालाई अध्यक्षमा नियुक्ति गरेको हो । थापालाई अध्यक्ष बनाउन गरिएको प्रस्ताव बहुमतले पारित भएको थियो।
विश्वभर फैलिएका नेपालीले गर्ने परोपकारी कार्यलाई एकीकृत, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले ३ वर्षअघि लामिछानको नेतृत्वमा फाउण्डेसन स्थापना गरिएको थियो।
फाउन्डेसनमार्फत एनआरएनएले नेपालमा प्राकृतिक विपत्ति, शिक्षा, स्वास्थ्य, प्राचीन स्मारकको जीर्णोद्वार, कला, संगीत आदि क्षेत्रमा सहयोग, वैज्ञानिक तथा श्रमिकको क्षमता अभिवृद्धि, खेलकुद विकास र गैरआवासीय नेपालीको उत्थान आदि क्षेत्रमा काम गर्ने लक्ष्य छ।