मलेसियाबाट एनआरएनए सचिव न्यौपानेले आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११ औं महाधिवेशनमा वर्तमान आइसीसी सचिव खगेन्द्र न्यौपानेले आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

मलेसियालाई कर्म थलो बनाएका न्यौपानेले श्रमिकमैत्री र लगानीमैत्री एनआरएनए बनाउनका लागि आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेका हुन् । एनआरएनए अभियानमा निरन्तरता दिनका लागि न्यौपानेले उपाध्यक्षमा पदमा पुगेर अझ धेरै काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

हालै एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न भएपछि न्यौपानेले सबैको सल्लाह र सुझावले आफू उपाध्यक्षमा अघि बढ्ने निर्णय गरेको जानकारी गराए ।

उनले एनआरएनएका अग्रज तथा विभिन्न देशका एनआरएन अभियन्ताहरुबाट आएको सल्लाह र सुझावका आधारमा आफूले संस्थाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको र छिट्टै एक सार्वजनिक कार्यक्रम गरेर आफ्नो प्रतिबद्दता सहित उम्मेदवारी घोषणा गर्ने जनाएका छन ।

न्यौपानेले मध्यपुर्व, मलेसिया, कोरिया, युरोपलगायत देशका लाखौ नेपालीहरुको मुद्दा उठाउन, उनीहरुको समस्याको समाधान गर्न, रेमिट्यान्सको सही प्रयोग गराउन, एक पटकको नेपाली सधैको नेपाली कायम राख्ने लगायतका मुद्दा आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका छन ।

हाल गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भए पनि त्यसले मताधिकारसहित अरु अधिकारबाट देशका लागि योगदान दिने गैरआवासीय नेपालीहरु बञ्चित भएको अवस्था रहेकाले योजनाबद्ध रुपमा यसलाई सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

विश्वका प्राय सबै देशका राष्ट्रिय महाधिबेशन सकिइसकेको अवस्थामा न्यौपानेको उपाध्यक्षको उम्मेदवारीलाई एनआरएन अभियन्ताहरुले सकारात्मकरुपमा हेरेका छन । मलेसियालाई आफ्नो कार्यक्षेत्र बनाएका न्यौपानेलाई मलेसिया, एशिया र मध्यपुर्वबाट ठूलो समर्थन रहेको छ । यस बाहेक धेरै मतदाता भएका युरोप, अमेरिका, अष्ट्रेलिया तथा अफ्रीका क्षेत्रबाटसमेत उम्मेदवारीका लागि आग्रह भएकाले न्यौपाने आशाावादी रहेका छन ।

न्यौपाने एनआरएनए मलेसियाको उपाध्यक्ष, अध्यक्ष, आईसिसि सदस्य, एशिया प्याशिफिक सह–संयोजक हुंदै हाल सचिवको जिम्मेवारीमा रहेका छन ।

मलेसिया र नेपालका सफल ब्यावसायी न्यौपाने एटी ग्रुप अफ कम्पनी मलेसियाका निर्देशक, बिकास हाईड्रोपावर कम्पनीका अध्यक्ष, बुढीगण्डकी हाईड्रोपावर सुपर माछाखोलाका अध्यक्ष, स्मार्ट होली डे प्रालि र ग्रीन लाइन ट्राभल्सका अध्यक्ष, भिनोलिभा हस्पिटालिटि प्रालिका अध्यक्ष रहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *