युवा संयोजक बासिद भन्छन् –‘एनआरएनएमा काम गर्ने धोको पुरा गर्न युवा उपाध्यक्षमा जादैछु’

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल बासिदले युवा उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

युवालाई स्वदेशमा नै उद्यमशिल बन्न सिकाएर उदाहरणीय बनेका बासिद एनआरएनए अभियानलाई निरन्तरता दिने उद्धेश्यका साथ युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेका हुन् ।

एनआरएनए आइसीसीको युवा संयोजक भएर जिम्मेवारी निभाइरहेका बासिदले आगामी कार्यकाल २०२३–२५ का लागि युवा उपाध्यक्षमा उम्मेदवारी दिने भएपछि उनको चर्चा बढेको छ ।

एनआरएनएभित्र युवाका लागि पद मात्र दिइएयो तर काम गर्ने जिम्मेवारी नदिएको हुँदा अव जिम्मेवारीसहित काम गर्न एनआरएनए युवा उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको बासिदको भनाई छ ।

बासिद भन्छन् –‘एनआरएनएभित्र युथका लागि पदहरु चै बाँडियो तर काम गर्ने जिम्मेवारी केही दिइएन, अव एनआरएनएभित्र युथका लागि काम गर्ने मेरो धोको पुरा गर्न युवा उपाध्यक्षमा उम्मेदवारी दिदैछु ।’

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको बासिदको भनाई छ ।

बासिद भन्छन् –‘आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

वर्तमान कार्यसमितिमा रहेर स्वदेश तथा विदेशमा रहेका युवाहरुको अवस्था बुझ्न पाएको हुँदा अव रिजल्ट निकाल्ने गरि काम गर्ने बासिदको प्रतिवद्धता छ ।

बासिदले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्धालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

एनआरएनएमा युवाको बृहत् सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउने तथा समृद्ध नेपाल निर्माणमा एनआरएनएको सहभागिता उनका मूल मुद्दा हुन् ।

विगत लामो समयदेखि कतारलाई कर्मथलो बनाएका बासिद सफल व्यवसायी मात्र होइनन्, युवाहरुको ढुकढुकीसमेत हुन् । एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्स स्वदेश भित्राएका बासिदले सयौं नेपालीलाई रोजगारी दिएका छन् ।

पछिल्लो समय कर्मथलो कतार, युके भन्दा पनि नेपालमा नै आफ्नो कम्पनी बिस्तारमा समय दिइरहेका बासिद विदेशमा रहेका हरेक नेपालीहरुको लगानी स्वदेशमा ल्याएर उद्यमशिल बन्नका लागि प्रेरित गरिरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *