एनआरएनए यात्रालाई निरन्तरता दिदै राज रेग्मीले आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनएमा युवा सहभागिता र उद्यमशिलता बढाउने लक्ष्यसहित रेग्मी उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेका हुन् ।

औपचारिकरुपमा उम्मेदवारी घोषणा गरिसकेका नभएपनि उनले अनौपचारिकरुपमा आफ्नो उम्मेदवारी पक्का रहने भन्दै विभिन्न देशका एनसीसीहरुमा पुगेर उपाध्यक्ष पदका लागि अपील गरिरहेका छन् ।

एनआरएनएमा मध्यपूर्व युवा संयोजक हुँदै आइसीसी युवा उपाध्यक्षको जिम्मेवारी कुशलताका साथ निभाएका रेग्मीले एनआरएनए अभियानको यात्रालाई निरन्तरता दिदै आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिने निचोडमा पुगेका हुन् । पछिल्लो समय देश÷विदेश दौडाहामा हिडेका रेग्मीले आगामी कार्यकाल उपाध्यक्ष हुँदै एनआरएनएको नेतृत्व सम्हाल्ने रेसमा निरन्तर लाग्ने संकेत दिएका छन् ।

एनआरएन अभियानमा उदयीमान तथा उर्जाशिल रेग्मी कतारमा सफल व्यवसायीका अलावा समाजसेवीका रुपमा परिचित छन् ।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मीको भनाई छ । रेग्मीले भनेका छन् –‘सन् २०२३–२५ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

रेग्मीले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्धालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

कतार तथा नेपालमा सामाजिक कार्यका लागि सदैव अग्रस्थानमा रहेर सहयोग तथा समर्थन गर्दै आएका रेग्मी कसैसँग नबिझाउने व्यक्तिका रुपमा चिनिन्छन् । एनआरएन अभियानमा उनको उपस्थितिलाई विश्वभरका नेपालीले अन्र्तआत्मादेखि स्वागत गरेका छन् ।

विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर ‘ग्लोवल एनआरएन सिंगिङ आइडल’को आयोजना गरिरहेका रेग्मीले दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

विश्वभर रहेका नेपालीहरुसँग अपील गर्दै रेग्मीले भनेका छन् –‘आजको दिनसम्म आइपुग्दा यहाँहरुको माया, साथ, सुभेच्क्षा र समर्थनले जुन सफलता हासिल गरे त्यसलाई निरन्तरता दिदै भोलिका दिनमा आईसीसी उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गर्दछु ।’

सामुहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिवद्धता उनका रहेका छन् ।

रेग्मीले केही दिनमा औपचारिक कार्यक्रम गरेर आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गर्ने जनाएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *