एनआरएनए युएईमा शाहीको नेतृत्वमा सर्बसम्मत कार्यसमिति चयन

news-details

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएई (नेपाल एसोसिएसन)ले बिकास शाहीको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन गरेको छ ।

आगामी कार्यकालका लागि सार्वजनिक निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी दर्ताको अन्तिम समयावधी जुलाई १६ सम्ममा सबै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध कार्यसमिति चयन भएको निर्वाचन समितिका संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।

आइसीसी सदस्यमा दिपक खडका, खेमराज बस्नेत, पुष्कर सापकोटा, मणीप्रसाद भुर्तेल र सुजन सापकोटा निर्विरोध निर्वाचित भएका छन ।

यस्तै उपाध्यक्षमा प्रकाश थापा, मनोज कुमार सैजु, सोनम श्रेष्ठ, भीम मल्ल, फडिन्द्र ढकाल, शम्भु कुमार वाइवा र विष्णुलाल श्रेष्ठ, महासचिवमा भुवन कुमार वाग्ले, सचिवमा नवराज श्रेष्ठ, जीवन सिंह ठकुरी, विनोद बस्नेत, अरुण अधिकारी, कुमार श्रेष्ठ र सुमन भण्डारी, कोषाध्यक्षमा गोविन्द पराजुली, सहकोषाध्यक्षमा नवराज ढुंगाना, महिला संयोजकमा मञ्जु उचाई, युवा संयोजकमा अपिल भट्टराई चयन भएका छन ।

यसैगरी सदस्यहरुमा एलिना फुयाल, योगिता हाडा, गीता विष्ट, टेकराज पराजुली, प्रेम बहादुर शाही, लोकबहादुर श्रेष्ठ, धर्मप्रसाद भट्टराई, नविन दोङ लामा, मानबहादुर सुनार, कमल कार्की, सुयांश कुमार चौधरी, दोर्ण राज ढकाल, विनोद रत्न तुलाधर, कमल लामा निर्विरोध निर्वाचित भएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *