दूतावासलाई जोडेर भ्रामक समाचार फैलाइयो : राजदूत पौडेल

news-details

नेपाली राजदूतावास मलेसियालाई जोडर आएको समाचारप्रति राजदूत डिल्ली पौडेलले आपत्ति जनाएका छन । राजदूत पौडेलले पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको मलेसिया भ्रमण र सिन्डिकेटको बिषयमा नेपाली दूतावास मलेसिया र आफुलाई जोडर आएको समाचारप्रति प्रतिक्रिया राख्दै उक्त कुरा बताएका हुन ।

उनले भने ‘हामी बसेर गफ गरौ, विषयबस्तु के हो त्यसमा छलफल गरौ । तर एकले अर्कालाई छारो हान्ने काम नगरौ । मलेशियामा बसेको युनिटीलाई विभिन्न बहानामा धमिल्याउन खोज्यो भने यो असफल प्रयास मात्रै हुनेछ ।’

एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्वोधन गर्दै उनले भने –‘दूतावास र राजदूतलाई जोडेर जुन कुरा मिडियामा आयो त्यस विषयमा एम्बेसीले औपचारिक रुपमा प्रेस विज्ञप्ति जारी गरेर एउटा धारणा सार्वजनिक गरिसकेको छ । त्यसलाई सबैले हेर्नुहोला । अर्कोे कुरा यसै विषयसँग जोडिएको र मैले भन्न पर्ने कुरा के हो भने एनआरएनएका साथीहरुले अहिले गर्ने गरेको ९५ प्रतिशत कामहरु र दूतावासले गर्ने गरेको ९० प्रतिशत काम लेवरको हितमै छ ।’

श्रमिकका समस्या तथा उद्धारका सवालमा दूतावास सधैव लागिरहेको बताउदै राजदूत पौडेलले यस्तै विषयलाई लिएर मलेसिया सरकारसँग लबिङ गरिरहेको बताए । उनले भने –‘दूतावास एउटा औपचारिक निकाय हो, एनआरएन भनेको राज्यले नतोकेको राज्यको दूत हो, नेपालको जहिले पनि सम्मान गर्ने तपाई दूत र राजदूतको बिचमा फरक हुनुपर्ने कारण के छ ? तपाई हाम्रो अन्तिम डेस्टिनेशन भनेको सर्भिस प्रोभाईडिङ हो ।’

एनआरएनएसँगको सहकार्यबिना राजदूतावासका सबै कामहरुमा धेरै कठिनाई हुने बताउदै उनले आफु पनि यही कम्युनिटीको सबैभन्दा कान्छो सदस्य भएको बताए । उनले सरकारका तर्फबाट बेष्ट सर्भिस प्रोभाइट गर्न आफु तत्पर रहेको बताउदै भने ‘हामीले छिटो र छरितो काम गर्नुपर्छ । यो मेरो मात्र हो र मेरो मात्र दायित्व हो भनेर बस्यौ भने हामीले मोमेन्टलाई मिस गर्न सक्छौ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *