एनआरएनएको अब्बल नेतृत्व गर्नेछु : अधिकारी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीले एनआरएनए आइसीसीको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने समय आइ नसकेको भएपनि आफु अब्बल नेतृत्वका लागि सक्षम भएको बताएका छन् ।

एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै अधिकारीले अहिले धमाधम एनसीसीले नेतृत्व चयन गरिरहेको हुँदा आइसीसीका लागि उम्मेदवारी घोषणा गरिहाल्ने समय नभएको बताएका हुन् । तर, उनले आइसीसीका लागि सक्षम नेतृत्व गर्ने क्षमता आफुमा भएकाले त्यसका लागि तयार भएको संकेत दिएका छन् ।

एनआरएनए मलेसियाले सर्वसम्मत नेतृत्व चयन गरेकोमा उनले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।

वैदेशिक रोजगारमा रहेका नेपालीले देशको अर्थतन्त्रमा गरेको योगदानको चर्चा गर्दै अधिकारीले खाडी तथा मलेसियामा कार्यरत नेपालीको समस्यालाई एनआरएनएले पहिलो प्राथमिकता राखेको बताए । उनले भने ‘म अष्ट्रेलिया बस्ने भएता पनि नेपाली पासपोर्ट नै बोकिरहेको छु, नेपालीहरुको शुखदुखमा म सदैव नजिक छु ।’

वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आएको सामाजिक सुरक्षा कोष र खाडीबाट ल्याइएको हजारे अभियान फरक रहेको उनले बताएका छन् । ‘विकसित देशमा हुने सामाजिक सुरक्षा योजना फरक हुन्छ,त्यसलाई हजारे अभियानसँग जोड्न मिल्दैन’ उनको भनाई थियो ।

उनले खाडी तथा मलेसियामा काम गर्ने श्रमिकका पीडा आफूले नजिकबाट भोगेको तथा अनुभूति गरेको बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *