अबको एनआरएनए श्रमिकमैत्री हुनुपर्छ : राज रेग्मी

news-details

क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनएको अवको अभियान श्रमिकमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।

एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै रेग्मीले संघले अब श्रमिकका मुद्दालाई मुख्य एजेण्डा बनाएर काम गर्नुपर्ने बताए ।

वैदेशिक रोजगारीमा कार्यरत श्रमिकका लागि सरकारले सामाजिक सुरक्षा कोषको योजना ल्याएपनि कार्यान्वयनको पाटोमा चुनौती रहेको बताउँदै संघले त्यसमा काम गर्नुपर्ने उनको भनाइ छ ।

‘सामाजिक सुरक्षा कोष लागू भइसकेको छ । तर, पनि नीति नियम अझै पर्याप्त छैनन्,’उनले भने, ’कार्यान्वयनको पाटोमा ध्यान दिनुपर्छ । सबै श्रमिकलाई आवद्ध गराउन एनआरएनएले सचेतना अभियान चाल्नुपर्छ ।’

श्रमिकका समस्या न्यूनीकरण गर्न एनआरएनएले संस्थागत रुपमा पहलकदमी लिनु पर्ने रेग्मीले बताए । संघको आगामी नेतृत्वको विषय रेग्मीले अबको नेतृत्व श्रमिकको आवाजलाई बुझेको र श्रमिकमैत्री ब्यक्ति आउनु पर्ने घुमारो संकेत गरे ।


‘अब आउने नेतृत्वले श्रमिकका मुद्दामा काम गर्नुपर्छ, श्रममुखी कार्ययोजना ल्याउनुपर्छ,’ उनले भने । एनआरएनए अभियानमा दोस्रो पुस्ताको आकर्षण कम रहेको चिन्ता गर्दै रेग्मीले अबको नेतृत्वले युवाहरुलाई जोड्न विशेष योजनासहित काम गर्नुपर्ने बताए ।

मध्यपूर्व तथा एसियाली मुलुकमा बस्ने नेपालीले सीकेको ज्ञान र सीपलाई देशसँग जोड्न आवश्यकता रहेको उनको भनाई छ ।
प्रवासी नेपालीको सामूहिक लगानीबाट नेपालमै रोजगारीको वातावारण सिर्जना गरेमात्र युवाहरुको विदेश पलायन रोकिने उनले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *