गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आठौं राष्ट्रिय महाधिवेशन राजधानी क्वालालम्पुरमा सुरु भएको छ।

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले उद्घाटन गरेको महाधिवेशनमा संघका केन्द्रीय पदाधिकारीको समेत सहभागिता रहेको छ।

एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाअधिवेशन सुरु : आइसीसी उपाध्यक्षसहितको उपस्थिति

संघका केन्द्रीय उपाध्यक्ष आरके शर्मा, धर्मराज अधिकारी, युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रविण गुरुङ, कम्बोडियाका अध्यक्ष लालसिंह खड्कालगायतका पदाधिकारी मलेसिया आइपुगेका छन्।

एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाअधिवेशन सुरु : आइसीसी उपाध्यक्षसहितको उपस्थिति

यस्तै, मलेसियामा क्रियासिल नेपाली संघसंस्थाका प्रतिनिधि पनि कार्यक्रममा अतिथि छन्। आजै आउँदो कार्यकालका लागि निर्विरोध चयन भएका कार्यसमितिले पदभार ग्रहण गर्नेछ।

एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाअधिवेशन सुरु : आइसीसी उपाध्यक्षसहितको उपस्थिति

एनआरएनए मलेसियाको नेतृत्वमा विनोद थापा दोहोरिएका छन्। अध्यक्ष पदमा थापासहित राकेश महतोले पनि दावी गरेका थिए। तर, अन्तिममा सर्वसम्मतमा नेतृत्व चयन भएको हो।

एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाअधिवेशन सुरु : आइसीसी उपाध्यक्षसहितको उपस्थिति